×

नवलपुर विशेष

यी हुन् नवलपुरमा कांग्रेस हाँक्ने हस्तीहरु !

यी हुन् नवलपुरमा कांग्रेस हाँक्ने हस्तीहरु !
नवलपुर  । नवलपुरमा नेपाली कांग्रेसको गाउँ तथा नगर अधिवेशन सकिएको छ । मध्यविन्दु नगरपालिकाको मतगणनाको अन्तिम परिणाम आज घोषणा गरिएसँगै सबै पालिकाहरुमा नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनले गैँडाकोटमा बद्री सापकोटा, देवचुलीमा डिल्लिराम कडरिया, कावासोतीमा शालिकराम ढकाल, मध्यविन्दुमा दोमन भण्डारी, हुप्सेकोटमा बलबहादुर राना, विनयी त्रिवेणीमा अजित कुमार थापा, बौदिकालीमा केवी राना र बुलिङटारमा ओमकुमार श्रेष्ठको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।

कांग्रेस महाधिवेशन : गैँडाकोट सभापतिमा बद्री सापकोटा भारी मतले विजयी

कांग्रेस महाधिवेशन :  गैँडाकोट सभापतिमा बद्री सापकोटा भारी मतले विजयी
गैँडाकोट । नेपाली कांग्रेस गैँडाकोटको सभापतिमा युवा नेता बद्री सापकोटा विजयी भएका छन् । आज सम्पन्न १४ औं महाधिवेशन मार्फत आफ्ना प्रतिष्पर्धी खेमराज सापकोटालाई भारी मतले पछि पार्दै युवा नेता सापकोटा सभापति पदमा विजयी भएका हुन् । कुल खसेको ४७४ मत मध्ये सभापति पदमा विजयी बद्री सापकोटाले ३१३ मत प्राप्त गरे भने सभापति पदका प्रत्यासी खेमराज सापकोटाले १५५ मतमा चित्त बुझाए ।२ उपसभापति पदमा तोकिएकै संख्यामा मात्रै उमेदवारी परेपछि यसअघि नै सभापति पदमा विजयी बद्री सापकोटा प्यानलका  र...

गैँडाकोटमा बद्री सापकोटा प्यानलको विजयी सुरुवात : दुई उपसभापतिहरु निर्विरोध

गैँडाकोटमा बद्री सापकोटा प्यानलको विजयी सुरुवात : दुई उपसभापतिहरु निर्विरोध
नवलपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नवलपुरको गैँडाकोट नगरपालिकामा सभापति पदका उमेदवार बद्री सापकोटा प्यानलले विजयी सुरुवात गरेको छ ।बद्री सापकोटा प्यानलबाट उमेदवारी दर्ता गराएको उपसभापतिहरु रोशनभक्त अधिकारी र राजेश कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन । उमेदवारहरुको अन्तीम नामावली प्रकाशनको समयसम्म अधिकारी र श्रेष्ठ बाहेक अन्य कसैलेपनि सो पदमा उमेदवारी दर्ता नगराएपछि दुवैजना निर्विरोध निर्वाचित भएका हुन । यद्धपी निर्वाचन समितिले आधिकारीक रुपमा घोषणा भ...

काङ्ग्रेस नगर अधिवेशन : देवचुलीमा कडरिया प्यानल बलियो

काङ्ग्रेस नगर अधिवेशन : देवचुलीमा कडरिया प्यानल बलियो
नवलपुर । पूर्वी नवलपरासीमा नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा नगर अधिवेशनको मनोनयन सम्पन्न भईसकेको छ। दुई प्यानल बनाएर उम्मेदवारी दिएको देवचुली नगरपालिकामा डिल्लिराम कडरियाको प्यानल बलियो देखिएको छ। नेपाली काङ्ग्रेसको जिल्ला सदस्य समेत रहेका कडरिया देवचुली नगरपालिका मात्रै नभई जिल्ला कै लोकप्रिय काङ्ग्रेस नेता हुन् । साविक प्रगतीनगर गाबिसको सभापती रहिसकेका कडरियामा संगठन निर्माण र नेता कार्यकर्ताबिच सम्बन्ध सुदृढ पारी पार्टी हाँक्न सक्ने क्षमता रहेको काङ्ग्रेसको कार्यकर्...

बद्री सापकोटा प्यानलद्धारा उमेदवारी घोषणा : खगराज, दाताराम र नरहरीको सर्मथन बद्रीलाई नै !

बद्री सापकोटा प्यानलद्धारा उमेदवारी घोषणा : खगराज, दाताराम र नरहरीको सर्मथन बद्रीलाई नै !
सुस्मा न्याैपाने  गैँडाकोट । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गैँडाकोट नगरपालिकामा बद्री सापकोटा प्यानलले आफ्नो टिमको घोषणा गरेको छ । होटल द नारायणीमा नगरसभापतिका दावेदार मध्येका एक खगराज सापकोटा र नेपाली काग्रेंस गैँडाकोटका विभिन्न वडाका १० जना वडा सभापतिहरुलाई साक्षी राखेर बद्री सापकोटा प्यानलले आफ्नो टिमको घोषणा गरेको हो । नगरसभापति बद्री सापकोटाको प्यानलमा उपसभापतिमा राजेश कुमार श्रेष्ठ र रोशनभक्त अधिकारी रहनु भएको छ । त्यसैगरी सतिवमा गोविन्द घिमिरे र कृष्...

चारजनाले साथ छाडेपछि सभापतिका उमेदवार खेमराज सापकाेटा एक्लै !

चारजनाले साथ छाडेपछि सभापतिका उमेदवार खेमराज सापकाेटा एक्लै !
गैँडाकोट । नेपाली कांग्रेस गैँडाकोट नयाँ नेतृत्व चयनका लागि असोज ११ गते हुुँदै गरेको १४ औ नगरअधिबेशन रोमाञ्चक मोडमा जाने देखिएको छ । नगरसभापति पदका उमेदवार खेमराज सापकोटाले आफ्नो प्यानलको नाम सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेपछि सोहि प्यानलमा रहेका २ जना उपसभापति र दुईजना सचिवहरुले आफुहरु खेमराज प्यानलमा नरहेको भन्दै विज्ञप्ती सार्वजनिक गरेसँगै गैँडाकोट कांग्रेसको अधिवेशन थप रोमाञ्चक हुने देखिएको हो । खेमराज सापकोटा प्यानलबाट भन्दै आएका दुई उपसभापतिहरु राजेशबाबुु श्रेष्ठ र...

कांग्रेस गैँडाकोटमा प्यानल घोषणाको तयारी

कांग्रेस गैँडाकोटमा प्यानल घोषणाको तयारी
गैँडाकोट । नवलपुरमा असोज ११ गतेका तय भएको नेपाली काग्रेसको १४ औं महाधिवेशन अन्र्तगत नगरको अधिवेशनका लागि गैँडाकोट नगरपालिकामा नेपाली काग्रेसका २ समूहले अलग अलग टिमको घोषणा गर्ने भएका छन् । नेपाली काग्रेसका महामन्त्री डां शसांक कोईराला र नेता महेन्द्रध्वज जिसीको लाईन भन्दै अलग अलग टिम घोषणाको तयारी भएको छ । काग्रेस स्रोतका अनुसार सभापति पदका उमेदवार बद्री सापकोटाले डा. शंसाक कोईराला प्यानलबाट आफ्नो टिमको घोषणा गर्दैछन् । त्यसैगरी सभापति पदका उमदेवार खेमराज सापकोटाले महेन्द्र...

विनयीत्रिवेणीमा मध्यरातमा खोलामा पसेर गिट्टी , बालुवा चाेर्ने २८ ट्रयाक्टर यी हुन् !

विनयीत्रिवेणीमा मध्यरातमा खोलामा पसेर गिट्टी , बालुवा चाेर्ने २८ ट्रयाक्टर यी हुन् !
नवलपुर । अवैधरुपमा नदिजन्य पदार्थ उत्खनन् तथा चोरी निकासी ट्याक्टरहरु नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । रातको करीव १२ बजे अवैधरुपमा नदिजन्य पदार्थ उत्खनन गर्दै गर्दा प्रहरीले २८ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो । नवलपुरको विनयी त्रिवेणी २ मा पर्ने विनयी खोलाबाट गिट्टी, ढुंगा तथा बालुवा चोरी निकासी गर्दै गर्दा २८ वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । यी हुन् नदीजन्य पर्दाथ चोर्ने ट्याक्टरहरु

नवलपुरमा भोलिका लागि तय भएको कांग्रेसको पालिकास्तरीय अधिवेशन अन्यौलमा

नवलपुरमा भोलिका लागि तय भएको कांग्रेसको पालिकास्तरीय अधिवेशन अन्यौलमा
नवलपुर । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्र्तगत नवलपुरमा असोज ९ गते शनिवारका लागि तय भएको पालिका स्तरीय अधिवेशन केहिदिन धकेलिने भएको छ । आवश्यक तयारी पुरा नभएको भन्दै भोलिका लागि तय भएको नगर र गाउँपालिकाहरुको अधिवेशन सर्ने कांग्रेस स्रोतले जनाएको छ । स्रोतका अनुसार असोज ११ गते सोमबारका लागि अधिवेशनको मिति तय गर्ने तयारी छ । यस बारेको अपडेट हामि तपाईलाई दिदै जानेछौ । उज्यालो खबर हेर्दै गर्नुहोला ।