×

नवलपुर विशेष

गैँडाकोटको भेडावारी जंगलमा अवरुद्ध सडक अझै खुलेन

गैँडाकोटको भेडावारी जंगलमा अवरुद्ध सडक अझै खुलेन
नवलपुर । नवलपरासी (पूर्व) को गैँडाकोट नगरपालिका वडा नं. (१०) २३ स्मृतिपुलको डाईभर्सन बाढीले बगाएपछि अवरुद्ध भएको नारायणगढ कावासोती सडकखण्ड अझैसम्म सञ्चालनमा आउन सकेको छैन । बिहिवार राति ९ वजेदेखि अवरुद्ध भएको सडक सञ्चालनमा नआउँदा सयौ यात्रुुहरुले सास्ती व्यहोर्नु परेको छ । गएराति देखि ह्युुमपाईप राखेर सडक सडक सञ्चालनको प्रयास गरेपनि त्यो सफल हुन नसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)का सूचना अधिकारी मधुुसुदन सिहंका अनुसार सडक कतिवेला देखि सञ्चालन...

लगातारकाे वर्षाले नवलपुरकाे जनजिवन प्रभावित,ठाउँठाउँमा सडक अवरुद्ध

लगातारकाे वर्षाले नवलपुरकाे जनजिवन प्रभावित,ठाउँठाउँमा सडक अवरुद्ध
नवलपुर । लगातारको बर्षातले नवलपुरको जनजीवन प्रभावित भएको छ ।लगातारको बर्षातले कावासोती, गैडाकोट, देवचुली, प्रगतिनगर, चोरमारा, अरुणखोला, दुम्किबास, बौदीकाली लगायतका क्षेत्र प्रभावित भएका छन् । लगाताको पूर्वपश्चिम राजमार्गको नवलपुरको गैडाकोट र दाउन्नेमा सडक अवरुद्ध भएको छ । हिजो राति देखि अवरुद्ध भएको गैँडाकोटको सडक आज खुुल्ने सभ्मावना निकै कम रहेको प्रहरीले जनाएको छ । कावासोतीमा पानीको निकास नहुँदा डुबान भएको छ । त्यसैगरी कावासोतीको केरुङ्गे खोलामा आएको बाढीले कावासोती १ मा कट...

नवलपुरमा पहिरोले घर पुरिदा एकै परिवारका तीनजना वेपत्ता

नवलपुरमा पहिरोले घर पुरिदा एकै परिवारका तीनजना वेपत्ता
गैँडाकोट । नवलपुरमा पहिरोले घर पुरिदा एकै परिवारका तीनजना वेपत्ता भएका छन् । जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नं. ४ माथिल्लो चारघरे रुम्सीमा पहिरोले हस्तबहादुर पुलामीको घर पुरिदा पुलामीकी श्रीमिती र २ छोरीहरु बेपत्ता भएका हुन् । बेपत्ता भएकाहरुको खोजिकार्य भैरहे पनि हालसम्म अवस्था पत्ता लाग्न नसकेको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिनुभयो ।

गैँडाकोटको डाईभर्सन बगाउँदा सडक अवरुद्ध

गैँडाकोटको डाईभर्सन बगाउँदा सडक अवरुद्ध
नवलपुर । अविरल वर्षाका कारण नारायणगढ बुुटवल सडक खण्ड अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्ग अन्र्तगत गैँडाकोटको २३ स्मृति पुल नजिकैको डाईभर्सन बाढीले बगाउदा सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ । अविरल वर्षाका कारण गएराति ९ वजेदेखि अवरुद्ध भएको सो सडक सञ्चालन गर्न लामो समय लाग्ने प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा पश्चिमतर्फ जाने सवारी साधन र पूर्वतर्फ आउने सवारी साधनहरु रोकिएका छन् । त्यसैगरी जिल्लाकै दाउन्नेमा पहिरो खसको छ । गएर...

ब्लुबुक नविकरण रोकिएको प्रति युवासंघको चासो ,केहि दिनमै सेवा सुरु हुने कार्यालयको भनाई

ब्लुबुक नविकरण रोकिएको प्रति युवासंघको चासो ,केहि दिनमै सेवा सुरु हुने कार्यालयको भनाई
नवलपुर ।राष्टिय युवासंघ नेपाल नवलपुरले यातायात व्यवस्था कार्यालय कावासोतीबाट अन्य प्रदेशका ब्लुबुक नविकरण नभएको प्रति गम्भिर ध्याानाकर्षण भएको जनाएको छ ।लामो समयदेखि जिल्लाबाट भैरहेको नविकरण कार्य अचानक रोकिएको प्रति युवासंघले चासो राख्दै तत्काल सेवा सुचारु गराउन माग गरेको छ । जिल्ला संयोजक कृष्ण कंडेलद्धारा आज जारी विज्ञेप्तिमा जनताको पक्षमा सहि निति तर्जुमा गर्दै सेवा सुचारु गर्न भनिएको छ । साथै विज्ञेप्तीमा नविकरण कार्य रोकिए आफुहरु बाध्य भै संघर्षमा जाने चेतावनी दिइएको छ...

धानको बीउ उत्पादनमा कृषि ज्ञान केन्द्र

धानको बीउ उत्पादनमा कृषि ज्ञान केन्द्र
नवलपुर ।  नवलपुरमा धानको बीउमा आत्मनिर्भर हुन र गुणस्तरीय बीउ तयार गर्न बीउ उत्पादन कार्यक्रम सञ्चालन गरिएको छ ।कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासी र किसान मिलेर यहाँका दुई स्थानीय तहमा धानको बीउ उत्पादन गर्न खेती गरिएको छ । विनयी त्रिवेणी गाउँपालिकाको वडा नं २ र ४ तथा गैँडाकोट नगरपालिकाका वडा नं ११ र १२ मा यो कार्यक्रम सञ्चालन गरिएको हो । कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा रामधान, वार र सावा मन्सुली जातको धानखेती गरिएको छ ।दुई कृषक समूह र एक व्यक्तिले गरी १२ बिघा क्षेत्...

गैँडाकोटका सबै वडाहरुमा आज भेरोसेल खोपको दोस्रो डोज लगाईदै

गैँडाकोटका सबै वडाहरुमा आज  भेरोसेल खोपको दोस्रो डोज लगाईदै
फाईल फोटो नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिकामा साउन ८ गतेदेखि १८ गतेसम्म भेरोसेल खोप लगाएकाहरुका लागि दोस्रो खोपको मात्रा यहि भाद्र १० गते लगाईने भएको छ । गैँडाकोट नगरपालिकाले मंगलबार एक सूचना प्रकाशन गर्दै नगरका १ देखि १८ वडाका सबै नगरवासीहरुलाई आज भाद्र १० गते खोप लगाउन भनेको हो । स्थानीय आधारभूत स्वास्थ्यकेन्द्र मार्फत खोप लगाउन सकिने नगरपालिकाले जनाएको छ । गैँडाकोट नगरपालिका वडा नं। ५, १०,११, १५ र १६ का वडावासीले भने भदौ १० र ११ गते दुवैदिन खोप लगाउन सक्ने जनाइएको ...

गैँडाकाेटमा बुधवार १११ जनामा काेराेना पुष्टि

गैँडाकाेटमा बुधवार १११ जनामा काेराेना पुष्टि
गैँडाकोट । नवलपुरमा पछिल्लो २४ घण्टामा थप १३८  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार बुधवार जिल्लामा गरिएको एन्टिजेन तथा पिसिआर परिक्षणमा १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलवार थपिएका संक्रमित मध्ये गैंडाकोटमा १११  , देवचुलीमा ९, कावासोतीमा ११ , मध्यविन्दुमा ३ , विनयीत्रिवेणीमा ३ र हुप्सेकोटमा १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।बुधवार थपिएका १३८ जना संक्रमित सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३५८ पुगेको...

गैँडाकोटका सबै वडाहरुमा भाद्र १० गते भेरोसेल खाेपको दोस्रो डोज लगाईने

गैँडाकोटका सबै वडाहरुमा भाद्र १० गते भेरोसेल खाेपको दोस्रो डोज लगाईने
फाईल फोटो नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिकामा साउन ८ गतेदेखि १८ गतेसम्म भेरोसेल खोप लगाएकाहरुका लागि दोस्रो खोपको मात्रा यहि भाद्र १० गते लगाईने भएको छ । गैँडाकोट नगरपालिकाले मंगलबार एक सूचना प्रकाशन गर्दै नगरका १ देखि १८ वडाका सबै नगरवासीहरुलाई भाद्र १० गते खोप लगाउन भनेको हो । स्थानीय आधारभूत स्वास्थ्यकेन्द्र मार्फत खोप लगाउन सकिने नगरपालिकाले जनाएको छ । गैँडाकोट नगरपालिका वडा नं. ५, १०,११, १५ र १६ का वडावासीले भने भदौ १० र ११ गते दुवैदिन खोप लगाउन सक्ने जनाइएको छ ।...