नवलपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नवलपुरको गैँडाकोट नगरपालिकामा सभापति पदका उमेदवार बद्री सापकोटा प्यानलले विजयी सुरुवात गरेको छ ।बद्री सापकोटा प्यानलबाट उमेदवारी दर्ता गराएको उपसभापतिहरु रोशनभक्त अधिकारी र राजेश कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन ।

उमेदवारहरुको अन्तीम नामावली प्रकाशनको समयसम्म अधिकारी र श्रेष्ठ बाहेक अन्य कसैलेपनि सो पदमा उमेदवारी दर्ता नगराएपछि दुवैजना निर्विरोध निर्वाचित भएका हुन । यद्धपी निर्वाचन समितिले आधिकारीक रुपमा घोषणा भने गरेको छैन ।

अध्यक्ष पदमा बद्री सापकोटा र खेमराज सापकोटा विच प्रतिष्पर्धा हुने भएको छ । २ जना सचिवमा ३ जनाको उमेदवारी परेको छ । बद्री सापकोटा प्यानलका गोविन्द प्रसाद घिमिरे, कृष्ण मुरारी खनाल तथा स्वतन्त्र रुपमा हरीराम सापकोटाले उमेदवारी दिएका छन् । त्यसैगरी सहसचिवमा चारजनाले उमेदवारी दिएका छन् ।

बद्री सापकोटा प्यानलका बुद्धीप्रसाद न्यूरे र रत्न बहादुर बोहोरा तथा स्वतन्त्र रुपमा राजेन्द्र प्रसाद गौडेल र कृष्ण सापकोटाले उमेदवारी दर्ता गराएका हुन । नयाँ नेतृत्व चयनका लागि मंगलबार विहान ८ वजे पछि काग्रेसका ४७८ जना प्रतिनिधिहरुले भोट हाल्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया