सुशीलाले हटाएको सुविधा बालेनले फर्काए- सांसदले स्वकीय सचिव पाउने
काठमाडौं । बालेन सरकारले संघीय सांसदहरूलाई स्वकीय सचिव राख्न पाउने व्यवस्था पुनः ब्यूँताएको छ । गत मंगलबारको क्याविनेट निर्णयबाटै यो निर्णय गरिएको हो ।
संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूचीलाई संशोधन गर्दै स्वकीय सचिवसम्बन्धी सुविधा पुनः कायम गरिएको कानूनमन्त्री सोविता गौतमले जानकारी दिइन् ।
कानुन मन्त्रालयले सुविधा पुनर्स्थापनाका लागि अनुसूची संशोधनको प्रस्ताव क्याविनेटमा लगेको थियो । यो संशोधित व्यवस्था राजपत्रमा प्रकाशि...


