कांग्रेस भ्रातृसंस्थामा मनोनयनको तयारी – महिलामा मिना, तरुणमा मनिषको चर्चा
काठमाडौं । महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरूमा नेपाली कांग्रेसले पदपूर्ति गर्ने भएको छ ।लामो समयदेखि महाधिवेशन गर्न नसकेका नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ लगायतका मुख्य भ्रातृ संस्थाहरूमा नेतृत्व मनोनयनको तयारी अन्तिम चरणमा पुगेको छ ।
नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले राजीनामा दिइसकेका छन् भने नेपाल महिला संघकी अध्यक्ष उषा राउत मिश्र पार्टीको वर्तमान नेतृत्वसँग सहकार्यमा छैनन् । महाधिवेशनका लागि तदर्थ समितिको जिम्मेवारी पाए पनि तरुण दल र महि...


