४,६०० मत गनेर सकियो: महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उदय र सुनीलबीच कडा प्रतिस्पर्धा
काठमाडौँ- नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा रोचक मोड देखिएको छ। कुल ४ हजार ६ सय मत गणना भइसक्दा पदाधिकारीका विभिन्न पदहरूमा प्रतिस्पर्धा तीव्र बनेको छ।
सबैको चासोको केन्द्र बनेको खुला महामन्त्री पदमा प्रदिप पौडेलले २,६५७ मतका साथ दोब्बर बढी अग्रता कायम गर्नुभएको छ। यस्तै दोस्रो स्थानका लागि उदय शम्शेर राणा र डा. सुनिलकुमार शर्माबीच निकै रोमाञ्चक र कडा प्रतिस्पर्धा चलिरहेको छ। राणाले १,४९१ मत प्राप्त गर्दा शर्मा १,३८७ मतका साथ पछाडि पछ्याइरहनुभएको छ।
...


