×

मध्य नेपाल

‘बचाइहाल’ भन्दै पूर्वमेयरको अन्तिम फोन: गोरूसिंगेको घना जंगलमा कहाँ हराए किरण सिंह?

‘बचाइहाल’ भन्दै पूर्वमेयरको अन्तिम फोन: गोरूसिंगेको घना जंगलमा कहाँ हराए किरण सिंह?
दाङ — “बाबु बचाइहाल, बचाइहाल...” कपिलवस्तुका पूर्वमेयर ६५ वर्षीय किरण सिंहले शुक्रबार बेलुकी आफ्ना व्यावसायिक साझेदारलाई फोनमा भनेका अन्तिम शब्द हुन् यी। त्यसपछि स्वाँस्वाँ बढेको आत्तिएको स्वर सुनियो, अनि बेलुकी पौने ६ बजेदेखि उनको मोबाइल फोन पूर्ण रूपमा स्विच अफ भयो। शुक्रबार बिहान कपिलवस्तु नगरपालिका–३ स्थित घरबाट नयाँ कृषि फार्म तथा रिसोर्ट निर्माण स्थलतर्फ निस्किएका सिंह त्यसपछि सम्पर्कविहीन भएका हुन्। पूर्व–पश्चिम राजमार्गबाट करिब ८ किलोमिटर भित्र गोरूसिंगेको घना जंगलम...

सरकारबारे रवि– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन

सरकारबारे रवि– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफू नेृतृत्वको दलले सञ्चालन गरिरहेको सरकारको उडानलाई गन्तव्यमा पुर्‍याएरै छाड्ने प्रतिबद्धता जाहेर गरेका छन् । शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कहिलेकाहीँ जहाज बादलको टुक्रामा पुग्दा टर्बिलेन्स  हुने भए पनि त्यतिमै दुर्घटना हुन लागेको वा भएको भनेर बुझ्न नहुने उनको भनाइ थियो । ‘चिन्ता नगर्नुहोला, यो उडान जसलाई गन्तव्यमा लिएर हिंडेका छौं । कहिलेकाहीँ मौसमले गर्दा टर्बिलेन्स आउन सक्छ, तर हामी गन्तव्...

चितवनका युवा व्यवसायी तथा सञ्चारकर्मीलाई १ लाख रुपैयाँको लक्की ड्र पुरस्कार

चितवनका युवा व्यवसायी तथा सञ्चारकर्मीलाई १ लाख रुपैयाँको लक्की ड्र पुरस्कार
चितवन - सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ (लक्की ड्र) मा चितवनको भरतपुरका युवा व्यवसायी तथा सञ्चारकर्मी राजकुमार लामिछाने भाग्यशाली विजेता बनेका छन्। लामिछानेले भरतपुरस्थित एक स्थानीय मेडिकलबाट १४० रुपैयाँको औषधि खरिद गरी QR कोड मार्फत भुक्तानी गरेका थिए। सोही खरिदको बिल लक्की ड्रमा छनोट भएपछि उनले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका हुन्। सामान वा सेवा खरिद गर्दा अनिवार्य बिल लिने र डिजिटल माध्यम (QR) बाट भुक्तानी गर्ने बानीले उपभोक्तालाई सरकारी प्रोत्साहन क...

नवलपुरका प्रजिअ र प्रहरी प्रमुखलाई उद्योग वाणिज्य संघको ज्ञापनपत्र

नवलपुरका प्रजिअ र प्रहरी प्रमुखलाई उद्योग वाणिज्य संघको ज्ञापनपत्र
नवलपुर- पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) खण्डको निर्माणाधीन सडकका कारण स्थानीयवासी र व्यवसायीले सास्ती खेप्नुपरेको भन्दै उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारको ध्यानाकर्षण गराएको छ। व्यवसायी नेता अमृत भट्टचनको अगुवाइमा जिल्ला नगर उद्योग वाणिज्य संघको टोलीले आज नवलपरासी सुस्तापूर्वका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख (प्रहरी उपरीक्षक) लाई भेट गरी औपचारिक ज्ञापनपत्र हस्तान्तरण गरेको हो। ज्ञापनपत्र बु...

गैँडाकोटका भावी मेयरका रूपमा चर्चामा रहेका बोधराज लम्साल को हुन्?

गैँडाकोटका भावी मेयरका रूपमा चर्चामा रहेका बोधराज लम्साल को हुन्?
गैँडाकोट- स्थानीय राजनीतिमा परम्परागत शैली र भाषणमा मात्र सीमित आश्वासनभन्दा नतिजामुखी, अध्ययनशील र सक्षम नेतृत्वको माग चुलिँदै गएका बेला गैँडाकोट नगरपालिकामा एक नयाँ तर प्रभावशाली नामको चर्चा सुरु भएको छ। आगामी २०८४ को स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा नेपाल तथा भारतको आतिथ्य तथा पर्यटन क्षेत्रका एक प्रतिष्ठित व्यावसायिक समूहका प्रमुख कार्यकारी अधिकृत (COO) एवम् कुशल रणनीतिकार बोधराज लम्साल मेयर पदको सम्भावित दौडमा अगाडि देखिएका छन्। मूल घर तनहुँ भई हाल गैँडाकोट नगरपालिका ...

गुण्डुको मध्यरातीको तनाव: अपमान र तिरष्कारपछि एमाले नेता थपलिया ढले

गुण्डुको मध्यरातीको तनाव: अपमान र तिरष्कारपछि एमाले नेता थपलिया ढले
काठमाडौँ। नेकपा (एमाले) बागमती प्रदेश सरकार गठन र संसदीय दलको नेतृत्वलाई लिएर पार्टीभित्र तीव्र विवाद र तनाव उत्पन्न भएको छ। सोमबार मध्यरात अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा आयोजित छलफलका क्रममा चर्काचर्की परेपछि संसदीय दलका नेता जगन्नाथ थपलिया (जेएन) ढलेका छन्। प्रदेश सरकार गठनका विषयमा छलफल गर्न अध्यक्ष ओलीले बागमती प्रदेशका सांसदहरूलाई साँझ ७ बजे गुण्डु बोलाएका थिए। छलफलका क्रममा सांसदहरू र अध्यक्ष ओलीले थपलियामाथि सरकार गठन गर्न नसकेको, संसदीय दल प्रभावकारी रू...

पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो: निर्मल पुर्जासहित १० आरोही सम्पर्कविहीन

पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो: निर्मल पुर्जासहित १० आरोही सम्पर्कविहीन
काठमाडौं  - विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाई) को नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन भएको छ। पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक हिमालमा बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो। हिमपहिरोपश्चात् टोलीसँगको सम्पूर्ण सम्पर्क विच्छेद भएको पाकिस्तानी पर्वतारोहण अधिकारीहरूले जानकारी दिएका छन्। सम्पर्कविहीन टोलीमा निर्मल पुर्जासहित पाँच जना नेपाली, ...

बाँकेमा बाघ संरक्षणको ऐतिहासिक सफलता: ४ बाट बढेर ५१ पुगे सङ्ख्या

बाँकेमा बाघ संरक्षणको ऐतिहासिक सफलता: ४ बाट बढेर ५१ पुगे सङ्ख्या
नेपालगन्ज -  विश्व बाघ दिवस (जुलाई २९) को अवसरमा सार्वजनिक गरिएको नयाँ तथ्याङ्कले बाँके राष्ट्रिय निकुञ्जमा बाघ संरक्षणको ऐतिहासिक सफलता उजागर गरेको छ। पाटे बाघ संरक्षणकै मुख्य उद्देश्यले सन् २०१० मा स्थापना भएको बाँके राष्ट्रिय निकुञ्जमा करिब १२ वर्षको अवधिमा बाघको सङ्ख्या चारबाट बढेर ५१ पुगेको हो। सरकारले सार्वजनिक गरेको पछिल्लो गणना अनुसार बाँके राष्ट्रिय निकुञ्जमा हाल ५१ वटा पाटे बाघ रहेका छन्। सन् २०२२ को गणनामा यहाँ २५ वटा, सन् २०१८ मा २१ वटा र सन् २०१३ मा केवल ४ वटा म...

सिंहदरबारमा सर्वदलीय बैठक बस्दै

सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
काठमाडौं- बुधबार सर्वदलीय बैठक बस्दैछ।रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्न लागेको हो।बैठक बिहान ८ बजे सिंहदरबारमा बस्ने तय भएको छ। बैठकमा सुनसरी घटना लगायतका विषयमा छलफल हुनेछ।बिहान ८ बजे सिंहदरबारमा बस्ने गरी सभापतिले सर्वदलीय बैठक आह्वान गरेको रास्वपा महामन्त्री बिपिन आचार्यले जानकारी दिए। बैठकका लागि सबै दललाई पत्राचार गरिएको छ भने सभापति लामिछानेले आफै पनि फोन गरेर नेताहरूलाई आमन्त्रण गरेका छन्।बैठक लेखा समितिको हलमा हुनेछ।