×

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफू नेृतृत्वको दलले सञ्चालन गरिरहेको सरकारको उडानलाई गन्तव्यमा पुर्‍याएरै छाड्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कहिलेकाहीँ जहाज बादलको टुक्रामा पुग्दा टर्बिलेन्स  हुने भए पनि त्यतिमै दुर्घटना हुन लागेको वा भएको भनेर बुझ्न नहुने उनको भनाइ थियो ।

‘चिन्ता नगर्नुहोला, यो उडान जसलाई गन्तव्यमा लिएर हिंडेका छौं । कहिलेकाहीँ मौसमले गर्दा टर्बिलेन्स आउन सक्छ, तर हामी गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं । हामी छौं,’ सभापति लामिछानेले थप आश्वस्त पार्दै भने, ‘अप्ठेरो पर्‍यो भने त्यसलाई सम्हाल्न सक्ने गार्जियनसिप हाम्रो पार्टीसँग छ । यो पार्टीमा तपाईंहरू जस्तै केही गरौं भनेर हुटहुटी बोक्नुभएका युवाहरू हुनुहुन्छ ।’

उनले सरकार आफ्नो वाचा अनुसार काम गरिरहेको दाबी गरे । रास्वपा नेतृत्वको सरकारले असल नियतका साथ उक्त जहाजलाई गन्तव्यमा पुर्‍याउले लामिछानेको भनाइ छ ।

‘यात्रामा हिंडिरहँदा बाटोमा कहिलेकाहीँ बादलका टुक्रामा जहाज छिर्दा जहाज हल्लिन्छ । तर जहाज हल्लियो भन्दैमा लौ जहाज दुर्घटनामा पर्ने भयो कि भनेर डर मान्नुपर्ने पनि हुँदैन । हामी सहि ढंगले असल नियतका साथ जहाजलाई गन्तव्यमा पुर्‍याउँछौं,’ सभापति लामिछानेले भने ।

तपाईको प्रतिक्रिया