गैँडाकोटका बाढी प्रभावित २०० घरधुरीलाई लायन्सद्वारा राहत सामग्री वितरण
गैँडाकोट- नारायणी नदीमा आएको बाढीबाट प्रभावित गैँडाकोट नगरपालिका–२ का करिब २०० घरधुरीलाई लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आरले राहत सामग्री वितरण गरेको छ। असोज ११ गतेको बाढीका कारण समस्यामा परेका नारायणी टोल विकास संस्थाअन्तर्गतका पीडित परिवारलाई आज (शनिबार) खाद्यान्न, सरसफाइ तथा घरायसी प्रयोजनका सामानहरू हस्तान्तरण गरिएको हो।
लायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसन (LCIF) को 'EMR29331-325R' परियोजनामार्फत प्राप्त सहयोगबाट उक्त राहत उपलब्ध गराइएको डिष्ट्रिक्टका डिजाष्टर एण्ड रिल...


