नक्कली शरणार्थी प्रकरण : ७ जनालाई सफाइ, अरू दोषी ठहर (सूचीसहित)
काठमाडौँ . बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले ऐतिहासिक फैसला सुनाउँदै १५ जनालाई दोषी ठहर गरेको छ भने ७ जनालाई सफाइ दिएको छ ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुछिएका उच्चपदस्थसहितका अभियुक्तहरूको मुद्दामा सुनुवाइ गर्दै उक्त फैसला सुनाएको हो ।
अदालतको फैसलाअनुसार पूर्वगृहमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे तथा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल दोषी ठहर भएका छन...


