स्नातकमा आईटी नपढेकालाई पनि स्नातकोत्तरमा आईटी पढ्न सघाउने पीजीडीसीए कोर्स
काठमाडौँ । अधिकांश सङ्कायमा स्नातक तह चौथो वर्षको परीक्षाफल आइसकेको छ । स्नातक तह पास गरेर बसेका विद्यार्थी अहिले स्नातकोत्तर तहमा अध्ययन गर्ने विषयमा योजना बनाइरहेका छन् । ती मध्ये केही विद्यार्थीले स्नातकोत्तर तहमा आईटीसँग सम्बन्धी विषय पढ्ने बारे पनि पक्कै सोचेका होलान् ।
स्नातक तहमा आईटीसँग सम्बन्धित विषयमा पढ्ने विद्यार्थीहरूलाई त यो खासै समस्याको विषय होइन । तर अरू विषय पढेका विद्यार्थीलाई भने यो विषय पढ्न समस्या हुन्छ । किनभने स्नातकोत्तर तहमा आईटी क्षेत्रका सम्बन्ध...


