कोटीहोम साञ्चिकै ऐतिहासिक रहेछ – महानायक हमाल
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा महानायक राजेश हमाल छमछमी नाचेका छन् । महानायक हमाललाई छैटौँ भ्वाइस अफ नेपालका विजेता प्रशेष पाण्डेले साथ दिएका थिए ।
पाण्डेको गीतमा महानायक हमालसँगै हमालसँगै कोटिहोमका संकल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजजी र भक्तजन पनि नाचेका थिए । कोटीहोममा महानायक राजेश हमालको सहभागिताले आफूहरु निकै निकै उत्साहित भएको महाराजजीले बताए ।उनले गण्डकीको कोटीहोम निकै सफल भएको दावी गर्दै अन्य प्रद...


