रक्सी खाएर उपमेयरसँग लफडा गर्ने प्रशासकीय अधिकृत पक्राउ
रुपन्देही । कार्यालय समयमै मदिरा सेवन गरी उपमेयरको कार्यकक्षमा गएर अभद्र व्यवहार गरेका बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्य पक्राउ परेका छन् ।
उमेर हदका कारण अवकाश पाउन तीन साता मात्रै बाँकी रहेका आचार्यले मङ्गलवार दिउँसो उपमेयर रत्नकुमारी पाण्डेको कार्यकक्षमा गएर झगडा गरेका थिए । आचार्यलाई मङ्गलवार प्रहरीमा लिखित निवेदन नभएकाले छाडिए पनि बुधवार पुनः पक्राउ गरिएको हो ।
उनीसँगै आर्थिक विकास समितिका संयोजक कृष्ण गौतम र सहायक प्राव...


