गैँडाकोट । गत सोमबार घरबाट नारायणगढ स्थित जिमहल हिडेर परिवारको सम्पर्क बाहिर भएका गैँडाकोटका २२ वर्षका राजेश अधिकारी (दामोदर) बर्दियामा भेटिएका छन् । बर्दियाको बाँसगढी नगरपालिकाका स्थित हाम्रो पौडेल स्टाफ होटलमा अधिकारी फेला परेको उनका आफन्त प्रदिप अधिकारीले उज्यालो खबरलाई जानकारी दिए ।

उनि के कारणले बर्दिया पुगेका हुन् भन्ने विषयमा कुनै जानकारी प्राप्त भएको छैन । अधिकारीलाई लिन उनका आफन्तहरु बर्दिया पुगीसकेका छन् ।भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा स्नातकतह दोस्रो बर्षमा अध्ययरत अधिकारी सोमबार साँझ ५: २० वजे घरबाट पैदल हिडेर घर नआएपछि सबैमा चिन्ता छाएको थियो । आमा हरिमाया अधिकारीले छोरा हराएको भन्दै इलाका प्रहरी कार्यालय गैँडाकोटमा निवेदन समेत दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया