नवलपुर । नवलपुरको विनयीत्रिवेणीबाट असार १५ गतेदेखि हराइरहेका २१ महिने बालक मृत अवस्थामा भेटिएका छन् ।
विनयीत्रिवेणी गाँउपालिका वडा नं. ७ शिवपुरगढीबाट हराएका मनी थापाका २१ महिनाका छोरा प्रज्वल थापा हराएको ९ दिनपछि आज मृतअवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दुम्कीबासले जनाएको छ ।
घरभन्दा ४ किलोमिटर टाढा गण्डक नहर नजिकैको साईफनमा उनको शव भेटिएको हो । प्रहरीका अनुसार शव सडेको अवस्थामा पानीमा तैरिएर बसेको थियो । घर नजिकबाट बगेको कुलोमा परेर बालकलाई बगाएर टाढा पुर्याएको हुन सक्ने प्रहरीको अनुमान छ ।