सेयर लगानीकर्ताको जित: पूँजीगत लाभकर बन्यो ‘अन्तिम कर’
सरकारले धितोपत्र बजारका लगानीकर्ताले वर्षौंदेखि उठाउँदै आएको महत्वपूर्ण मागलाई आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सम्बोधन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा बजेट प्रस्तुत गर्दै सूचीकृत धितोपत्रको कारोबारबाट प्राप्त हुने पूँजीगत लाभमा लाग्ने करलाई अब ‘अन्तिम कर’ (Final Tax) का रूपमा मान्यता दिने घोषणा गरेका छन्। यो व्यवस्थासँगै सेयर किनबेचबाट नाफा कमाएका लगानीकर्ताले तिरेको पूँजीगत लाभकरलाई पुनः आय विवरणमा समायोजन गर्नुपर्ने वा थप कर गणनाको दायरामा राख्नुपर...


