२ दिनमा १३ हजार ७ सय घटेको सुनको मूल्यमा आज फेरि व्यापक वृद्धि
गएका दुई दिनमा १३ हजार सातसय रुपैयाँ घटेको सुनको मूल्य आज उच्च दरमा बढेको छ।सुनको मूल्य आज तोलामा १४ हजार रुपैयाँ बढेर तीनलाख पाँचहजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको बिहीबार र शुक्रबार सुनको भाउ तोलामा १३ हजार सातसय रुपैयाँ घटेको थियो। बिहीबार तोलामा नौहजार पाँचसय रुपैयाँ घटेको सुनको मूल्य शुक्रबार चार हजार दुईसय रुपैयाँ घटेर दुई लाख ९१ हजार रुपैयाँमा झरेको थियो।गएको मंगलबार र बुधबार दुई दिनमा सुनको मूल्य १८ हजार एकसय रुपैयाँ बढेको थियो।
...


