×

काठमाडौं । चुनावपछि खुलेको सेयर बजारमा सोमबार सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको १ मिनेटमै पहिलो सर्किट ब्रेक लागेको हो ।

सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार स्थगित भएको छ । यो बेलासम्म बजार १०८ अंक अर्थात् ४ प्रतिशत बढेको हो । पहिलो १ घण्टााभित्र ४ प्रतिशत नेप्से बढेमा वा घटेमा सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।

चुनावपछि देशभरको मतपरिणाम आउने क्रम जारी छ । प्रारम्भिक परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाइ नजिक पुगेको छ । जसले गर्दा बजारमा लगानीकर्तामा विश्वास बढ्न गएको देखिन्छ ।

पहिलो सर्किट ब्रेकपछि बजारमा सबै समूहका सूचक बढेका छन् भने २२५ कम्पनीको मूल्य बढेको छ ।

तपाईको प्रतिक्रिया