×

काठमाडौ‌ । नेपाली बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । आज एकैदिन सुन तोलामा १४ हजार ६०० ले बढेको छ भने चाँदी पनि तोलामा ४ सय १५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ९२० कायम भएको छ ।

हिजो मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७३ हजार ९०० र चाँदी चार हजार ५०५ कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६०० र चाँदी ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया