×

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा विभिन्न जात जातिका झाकी प्रदर्शन हुने छ ।कोटिहोममा धर्मसँगै नेपालका विभिन्न जातजातिको संस्कृतिलाई उजागर गर्ने उद्देश्यका साथ झाकी प्रदर्शन गरिएको हो ।

हुन पनि कोटिहोममा आफ्नो जातीय संस्कृति प्रस्तुत गर्न पाइने र सगसगै ऐतिहासिक कोटिहोमको दर्शन गर्न पाईन भएकाले पनि देशभरबाट विभिन्न जातजातिहरू आफ्नो झाकी सहित कोटिहोममा आउने गरेको आयोजकले जनाएको छ ।

यसैबिच जेठ ४ गते आइतबार नवलपुरबाट १ सय भन्दा बढी थारुहरूले आफ्नो विशेष प्रस्तुति लिएर आउन लागेको सांस्कृतिक झाकी प्रस्तुति संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा। तुलसी प्रभास खनालले जानकारी दिए ।

उनका अनुसार कोटिहोममा सहभागी हुन आउने थारुहरूले लाठी नाच, झमटा, झुमरा लगायतका झाकी सहितको नृत्य प्रस्तुत गर्ने छन् ।त्यसै गरी जेठ १० गते शनिवार दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ दरौँ सिरुवारिबाट स्थानीय जात जाति बाजा गाजा सहित झाकी प्रस्तुत हुने छ । उनीहरूले कोटिहोम विशेष गरी त्यहाँको थाली नृत्य प्रस्तुत गर्ने खनालले जानकारी दिए ।

‘कोटिहोममा देशभरबाट विभिन्न जात जातिले आफ्नो संस्कृति प्रस्तुतसँगै कोटिहोम दर्शन गरेका छन्’ खनालले भने– ‘धर्मसँगै विभिन्न जात जातिको संस्कृतिलाई उजागर गर्ने थलो कोटिहोम वनेको छ ।’महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीले जेठ ३ गते शनिवार देशभरबाट ५ सय बढी बसमा कोटिहोममा भक्तजनको आगमन हुन लागेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया