चितवनमा टाटा पन्च ईभीको नयाँ संस्करण भित्रियो, सुरुवाती मूल्य रु. ३२.९९ लाख
चितवन। नेपाली बजारमा विद्युतीय सवारीसाधनको माग र लोकप्रियता तीव्र रूपमा बढिरहेका बेला चितवनमा टाटा मोटर्सको बहुप्रतीक्षित विद्युतीय एसयूभी 'टाटा पन्च ईभी' (Tata Punch EV) को नयाँ संस्करणको बिक्री तथा वितरण सुरु भएको छ।
भरतपुर-१० स्थित टाटा मोटर्सको आधिकारिक विक्रेता सफल मोटर्स प्रा.लि.ले एक औपचारिक कार्यक्रमका बिच नयाँ संस्करणको पन्च ईभी सार्वजनिक गरेको हो। नारायणगढ जेसीजका अध्यक्ष सन्तोष पण्डित र सफल मोटर्सका अध्यक्ष गोपाल भट्टराईले संयुक्त रूपमा गाडीको अनावरण गर्दै बिक्री ...


