×

चितवन- चितवनको भरतपुर महानगरपालिका-२८, मेघौली जितपुरका ६५ वर्षीय मङ्गले बोटेलाई मङ्गलवार बिहान बाघले आक्रमण गरी लगेको छ।स्थानीयका अनुसार बिहान करिब पौने ५ बजे मर्निङ वाकमा निस्किएका बोटेलाई मेघौलीस्थित होटल साङ्ग्रीला नजिकैबाट बाघले नियन्त्रणमा लिई जंगलतर्फ लगेको हो।

घटना लगत्तै स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा चितवन राष्ट्रिय निकुञ्जको टोलीले उद्धार एवम् खोजी कार्य तीव्र पारेका छन्।

निकुञ्जको मध्यवर्ती क्षेत्र नजिक पर्ने यस भेगमा वन्यजन्तुको आउजाउ बाक्लो हुने भएकाले स्थानीयवासी त्रसित बनेका छन्। स्थानीय प्रशासन तथा सुरक्षा निकायले सो क्षेत्रका बासिन्दालाई बिहान-बेलुका एक्लै बाहिर ननिस्कन र विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया