क्रिकेट रङ्गशालाको बक्यौता विवाद: महानगरको खातामा पुगेको १५ करोड फ्रिज
काठमाडौँ । बहुचर्चित भरतपुर क्रिकेट रङ्गशाला निर्माण गर्दा लागेको १८ करोड रुपैयाँ बक्यौता तिर्न नयाँ सरकारले बाटो खोल्ने आशामा अमेरिकाबाट फर्किएका कलाकार सीताराम कट्टेल 'धुर्मुस' फेरि एकपटक निराश बनेका छन्। केन्द्र सरकारले बक्यौता भुक्तानीका लागि भरतपुर महानगरपालिकाको खातामा पठाएको १५ करोड रुपैयाँ प्रशासनिक र राजनीतिक दाउपेचका कारण खर्च हुन नसकी अन्ततः फ्रिज भएको छ।
सरकारले गत आर्थिक वर्षको बजेटमा रङ्गशालाको 'सिर्जित सम्पत्ति खरिद' शीर्षक अन्तर्गत सो रकम विनियोजन गरी निकासा ...


