गृहमन्त्रीको अम्लेटमा काँडा भेटिएपछि चितवनको होटल लर्ड्समाथि बज्रियो ३ लाखको डन्डा !
भरतपुर- चितवनको एक प्रतिष्ठित होटलले उपभोक्ताको स्वास्थ्यमा गम्भीर लापरबाही गरेको पाइएपछि प्रशासनले कडा कारबाही गरेको छ । भरतपुर विमानस्थल अगाडि रहेको 'होटल लर्ड्स बिजनेस कम्प्लेक्स प्रालि'लाई जिल्ला प्रशासन कार्यालय चितवनले नगद ३ लाख रुपैयाँ जरिवाना गरेको हो ।
घटनाको सुरुवात आज बिहान भएको हो, जब चितवन भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङ सो होटलमा ब्रेकफास्टका लागि पुगेका थिए । मन्त्री गुरुङले अर्डर गरेको अण्डाको अम्लेट खाँदै गर्दा त्यसमा अप्रत्याशित रूपमा 'माछाको काँडा' भे...


