चितवनमा जङ्गली च्याउ खाँदा तीन बालबालिकाको मृत्यु
चितवन- चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका एउटै परिवारका तीन जना चेपाङ बालबालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ९ वर्षीया नमुना चेपाङ, ११ वर्षीय सञ्जय चेपाङ र १३ वर्षीया मनिता चेपाङ रहेका छन् । उनीहरू श्यामबहादुर चेपाङका सन्तान हुन् ।
राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार नमुनाको जेठ १ गते घरमै मृत्यु भएको थियो । सञ्जयको शनिबार राति उपचारका क्रममा निधन भएको हो भने मन...


