चितवनमा युवाको हत्या गरी फरार मुख्य आरोपी पोखराबाट पक्राउ
चितवनको भरतपुर महानगरपालिका–७ बुद्धचोकस्थित सम्भव अटो वर्कशपमा भएको हत्या घटनामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को गैँडाकोट नगरपालिका–१६ घर भई हाल भरतपुर–१६ बस्दै आएका २७ वर्षीय कृष्ण बहादुर खड्कालाई पोखराबाट नियन्त्रणमा लिइएको हो। उनलाई लुकाउन सहयोग गरेको आरोपमा २८ वर्षीय सम्राट गुरुङ पनि पक्राउ परेका छन्।
गत वैशाख २२ गते राति करिब ११:५० बजे सोही वर्कशपमा काम गर्ने रूपन्देहीको सैनामैना न...


