×

गैँडाकोट । नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदीमा डुबेर एकजना बालक बेपत्ता भएका छन् । नदीमा पौडी खेल्ने क्रममा आज (मङ्गलबार) दिउँसो ३:३० बजे ती बालक बेपत्ता भएका हुन् ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार नारायणी नदीमा दुई जना बालक पौडी खेल्न गएका थिए । “नदीमा पौडी खेल्न गएका दुई जनामध्ये एक जनाको उद्धार गरी अस्पताल पठाइएको छ,” प्रहरी निरीक्षक गिरीले भन्नुभयो, “बेपत्ता भएका अर्का बालकको खोजीकार्य जारी छ ।”

 दुवै बालकको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरी टोलीको सहयोगमा नदीमा बेपत्ता बालकको तीव्र रूपमा खोजी भइरहेको छ ।

तपाईको प्रतिक्रिया