×

चितवन – चितवनको भरतपुर-१०, स्यालीबजार (हाकिमचोक) मा अवस्थित प्रतिष्ठित शिक्षण संस्था भ्याली स्टेट कलेजले नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला गरेको छ। पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले ‘सेपिङ बिजनेस माइन्ड’ (Shaping Business Mind) भन्ने मूल नाराका साथ स्नातक र स्नातकोत्तर तहमा भर्ना आह्वान गरेको हो।

कलेजले हाल बीबीए (BBA – Bachelor in Business Administration), नेपालमै उच्च माग रहेको बीएचसीएम (BHCM – Bachelor in Health Care Management) र एमबीए (MBA) कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीहरूका लागि कलेजले विशेष छात्रवृत्तिको समेत व्यवस्था गरेको छ।

नयाँ भर्ना र कलेजको शैक्षिक रणनीतिका बारेमा प्रष्ट पार्दै भ्याली स्टेट कलेजका प्राचार्य बाबुराम खनालले भन्नुभयो— “हाम्रो मुख्य उद्देश्य केवल किताबी ज्ञान दिनु मात्र होइन, विद्यार्थीहरूमा व्यावसायिक र नेतृत्वदायी क्षमताको विकास गराउनु हो। आजको प्रतिस्पर्धी बजारमा बिक्न सक्ने र समाजलाई नेतृत्व दिन सक्ने जनशक्ति उत्पादनका लागि हामीले प्रयोगात्मक शिक्षामा जोड दिँदै आएका छौँ। कलेजले उपलब्ध गराएको छात्रवृत्ति र उत्कृष्ट शैक्षिक वातावरणको लाभ उठाउन म सम्पूर्ण विद्यार्थीहरूलाई आग्रह गर्दछु।”

भौतिक पूर्वाधार, शान्त वातावरण र अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन गराइने भएकाले चितवन र आसपासका क्षेत्रका विद्यार्थीहरूका लागि यो कलेज व्यवस्थापन र स्वास्थ्य व्यवस्थापन शिक्षामा उत्कृष्ट रोजाइ बन्दै गएको छ। कलेज प्रशासनका अनुसार इच्छुक विद्यार्थी तथा अभिभावकहरूले सिधै कलेज कार्यालय वा फोन नम्बर ०५६-५९०८६१ र ९८५५०८६८६१ मा सम्पर्क गरी थप जानकारी लिन सक्नेछन्।

तपाईको प्रतिक्रिया