×

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १६ का दुध उत्पादन गर्ने किसानलाई दुध ल्याउने क्यान वितरण गरिएको छ । भरतपुर १६, मा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले १ सय १० जना किसानलाई दुध बोक्ने क्यान वितरण गरेको हो ।

संस्थाका व्यवस्थापक सरस्वती सिलवालका अनुसार वडा नम्बर १६ को कार्यालय र सहकारी संस्थाको संयुक्त लगानीमा खरिद गरिएको दुध बोक्ने क्यान किसानहरुलाई वितरण गरिएको हो । पाँच लिटर दुध अट्ने क्यान सहकारीमा नियमित दुध ल्याउने साना किसानहरुलाई दिइएको व्यवस्थापक सिलवालले जानकारी दिइन् । संस्थामा नियमित दैनिक २ हजार ५ सय लिटर दुध संकलन हुने गरेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १६ को गाविस चोक, रंगशाला, फूर्तिचोक लगायत क्षेत्रका दुई जना बढी साना किसानहरुले उक्त सहकारीमा दुध बिक्री गर्न लैजाने गर्दछन् । भने, यस सहकारीमा दुध ल्याउने किसानले ३ रुपैयाँ अनुदान रकम पनि पाउने गरेका व्यवस्थापक सिलवालले बताइन् । चितवन देशमै दुग्ध उत्पादनमा अग्रणी स्थानमा रहेको जिल्ला मध्ये एक रहेको छ भने, चितवनको पनि भरतपुर महानगरपालिका वडा नम्बर १६, जिल्लामा नै बढी दुध उत्पादन हुने वडाको रुपमा रहेको जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाको तथ्यांक रहेको छ ।

तपाईको प्रतिक्रिया