×

मध्य नेपाल

धनगढीमा आत्मदाह प्रयास गरेकी ३५ वर्षीया युवतीको मृत्यु

धनगढीमा आत्मदाह प्रयास गरेकी ३५ वर्षीया युवतीको मृत्यु
धनगढी- धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी एक युवतीको उपचारका लागि काठमाडौँ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ।मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीया ज्योति चौधरी रहेकी छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार उनले आइतबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन्। घटनालगत्तै आफन्तले उद्धार गरी उनलाई सेती प्रादेशिक अस्पताल पुर्‍याएका थिए। उपचारका क्रममा उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको चिकित्सकहरूले बताएका छन्।अवस्था गम्भीर भएपछि ...

बागमती सरकारबाट एमालेका ६ मन्त्रीले दिए राजीनामा, समर्थन पनि फिर्ता

बागमती सरकारबाट एमालेका ६ मन्त्रीले दिए राजीनामा, समर्थन पनि फिर्ता
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष मन्त्रीहरुले सामूहिक राजनीनामा दिएका हुन् । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बानियाँलाई सम्बोधन गर्दै पठाएको पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम एमालेको निर्णय तथा वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै सरकारमा सहभागी सबै मन्त्रीले आजकै मितिदेखि लागू हुने गरी संयुक्त रूपमा र...

गैंडाकोट उद्योग वाणिज्य संघको चौथो अधिवेशन साउन ८ गते, तयारी अन्तिम चरणमा

गैंडाकोट उद्योग वाणिज्य संघको चौथो अधिवेशन साउन ८ गते, तयारी अन्तिम चरणमा
गैंडाकोट- जिल्ला उद्योग वाणिज्य संघ, गैंडाकोटको सातौँ साधारणसभा तथा चौथो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। आगामी साउन ८ गते गैंडाकोटस्थित मौलाकाली इला रिसोर्टमा भव्य रूपमा आयोजना हुने यस अधिवेशनको समुद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले गर्ने निश्चित भएको छ। उद्योगी र व्यवसायीहरूको छाता संगठनको रूपमा रहेको यस संघको अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने भएकाले यतिबेला स्थानीय व्यवसायीहरूमा चुनावी उत्साह र रौनक न...

सरकारी कर्मचारीको नयाँ तलबमान लागू – आधारभूत तलबसँगै १० प्रतिशत प्रोत्साहन भत्ता पनि

सरकारी कर्मचारीको नयाँ तलबमान लागू – आधारभूत तलबसँगै १० प्रतिशत प्रोत्साहन भत्ता पनि
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३–८४ को बजेटमार्फत घोषणा गरेको सरकारी कर्मचारीको नयाँ तलबमान शुक्रबार (साउन १) देखि कार्यान्वयनमा आएको छ। नयाँ व्यवस्थाअनुसार निजामती तथा सार्वजनिक सेवामा कार्यरत कर्मचारीको आधारभूत तलब १० प्रतिशतले वृद्धि गरिएको छ। सरकारले कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणाली सुरु गर्ने उद्देश्यसहित नयाँ आधारभूत तलबको १० प्रतिशत बराबर प्रोत्साहन भत्ताको पनि व्यवस्था गरेको छ। यसअघि प्रदान हुँदै आएको मासिक ५ हजार रुपैयाँ महँगी भत्ता यथावत् रहने भएकाले क...

बालेन सरकार गठनयता शेयर बजारमा ६ खर्बको पहिरो; आक्रोशित लगानीकर्ता सडकमा

बालेन सरकार गठनयता शेयर बजारमा ६ खर्बको पहिरो; आक्रोशित लगानीकर्ता सडकमा
काठमाडौं-  दुई तिहाइ नजिकको बलियो सरकार र नयाँ पुस्ताको नेतृत्वले शेयर बजारमा ‘बुल’ ल्याउने लगानीकर्ताको सपना तीन महिनामै दुस्वप्नमा परिणत भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकार गठन भएयता नेप्से परिसूचकमा निरन्तर पहिरो जाँदा लगानीकर्ताले झन्डै ६ खर्ब रूपैयाँ बराबरको सम्पत्ति गुमाएका छन् । विज्ञहरूको ‘ड्रिम टिम’ ले अर्थतन्त्र सम्हाल्दा समेत बजारले उल्टो बाटो समातेपछि पूँजीबजारका लाखौँ लगानीकर्ता यतिबेला सडक आन्द...

रायमाझीलाई चार र खाँडलाई दुई वर्ष कैद‚ अरूलाई कति ?

रायमाझीलाई चार र खाँडलाई दुई वर्ष कैद‚ अरूलाई कति ?
काठमाडौँ। काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद र ४० हजार जरिवाना तोकेको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरूलाई सजाय तोकेको हो। रायमाझीलाई एकीकृत कसुरमा चार वर्ष कैद र ४० हजार जरिवाना तोकिएको हो। उनलाई ठगीमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना‚ संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना एवं राज्यविरुद्धको कसुरमा डेढ वर्ष कैद र १५ हजार रुप...

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियामाथिको सरकारी ‘विज्ञापन प्रतिबन्ध’ बदर

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियामाथिको सरकारी ‘विज्ञापन प्रतिबन्ध’ बदर
काठमाडौं-  सरकारले निजी मिडियालाई सरकारी विज्ञापन नदिने गरी गरेको विभेदकारी निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ। न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८२ चैत १८ को सरकारी निर्णयलाई उत्प्रेषणको आदेशमार्फत बदर गर्ने ऐतिहासिक फैसला सुनाएको हो। फैसला सुनाउँदै न्यायाधीश सुवेदीले मुद्दाको पूर्ण पाठ तयार भइसकेकाले दुई दिनभित्र सार्वजनिक गरिने जानकारी दिनुभयो।  नेपाल मिडिया सोसाइटीका तर्फबाट दायर गरिएको रिटमा असार २२ र २३ गते दुवै पक्षबीच जोरदार ब...

नारायणगढ-मुग्लिङ सडक खण्ड पूर्ण रूपमा बन्द,अगाडि नबढ्न प्रशासनको आग्रह

नारायणगढ-मुग्लिङ सडक खण्ड पूर्ण रूपमा बन्द,अगाडि नबढ्न प्रशासनको आग्रह
चितवन । लगातारको भारी वर्षाका कारण नारायणगढ-मुग्लिङ सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि उक्त सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार साँझ एक सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि सो सडक खण्डमा सबै प्रकारका सवारी साधनको आवागमनमा पूर्ण रोक लगाएको हो। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचना अनुसार, लगातारको वर्षाले सडक खण्डका विभिन्न ठाउँमा पहिरो गई सडक अवरुद्ध हुन पुगेकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै या...

प्रधानमन्त्रीलाई कांग्रेसको सुझाव– अब कालो चस्मा खोल्ने बेला आएको छ

प्रधानमन्त्रीलाई कांग्रेसको सुझाव– अब कालो चस्मा खोल्ने बेला आएको छ
काठमाडौं-  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई कालो चस्मा खोल्ने बेला आएको बताएको छ ।त्रिपुरेश्वरमा बिहीबार आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनामा राज्य किन मूकदर्शक बनेर बसेको रु? भन्दै कांग्रेसले प्रश्न गरेको छ । कांग्रेस सांसद बासना थापाले शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री शाहलाई प्रश्न गरिन्, ‘राज्यको सफलतामाथि कठोर प्रश्न उठाउने तपाईं आज किन टाढा हुनुहुन्छ ? ’नेपालीले शरीरमा आगो सल्काउँदा राज्यले एम्बुल...