×

मध्य नेपाल

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारको क्रममा मृत्यु भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेको थियो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाए पनि अस्पताल प्रशासनले भने औपचारिक जानकारी दिइसकेको छैन । वीर अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा.पियूष दाहालका अनुसार आगोले अनुहार, टाउको, घाँटीलगायत शरीरका मह...

स्वास्थ्य अवस्था अस्थिर भएपछि गणेश नेपालीलाई तत्काल भारत नलैजाने

स्वास्थ्य अवस्था अस्थिर भएपछि गणेश नेपालीलाई तत्काल भारत नलैजाने
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई सरकारले तत्काल थप उपचारका लागि भारत नलैजाने भएको छ। उपचारमा संलग्न चिकित्सकहरूको सुझाव र उनको अस्थिर स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो। यसअघि चिकित्सकहरूको प्रारम्भिक सुझावका आधारमा सरकारले नेपालीलाई भारतको नयाँ दिल्लीस्थित ‘एम्स’ अस्पताल लैजाने सम्पूर्ण तयारी पूरा गरेको थियो। उनका लागि हवाई उद्धार (एयर एम्बुलेन्स) को व्...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक
काठमाडौँ- वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण प्रकाशित भएको छ ।शिखा बुक्स प्रालिले प्रकाशनमा ल्याएकोे सो पुस्तकको स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ, साहित्यकार जयदेव भट्टराई, मेनका चापागाईँलगायतले मंगलबार सार्वजनिक गर्नुभयो । सो अवसरमा शिखा प्रकाशनका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले ‘बखान’ उपन्यास आम पाठकमाझ सर्वाधिक रुचाइएको कृतिमध्ये एक भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “‘बखान’ उपन्यासको माग उच...

हात्ती पीडित परिवारलाई पूर्वमन्त्री पाण्डेद्वारा राहत वितरण

हात्ती पीडित परिवारलाई पूर्वमन्त्री पाण्डेद्वारा राहत वितरण
चितवन-  चितवनको भरतपुर महानगरपालिका–२३, बेलहद्रहीमा जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका पीडित परिवारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष तथा नेपाल सरकारका पूर्वमन्त्री विक्रम पाण्डेले राहत सामग्री वितरण गर्नुभएको छ । चितवन क्षेत्र नम्बर ३ का पूर्वसांसद समेत रहनुभएका नेता पाण्डेले पीडित परिवारको घरमै पुगेर आफ्नो व्यक्तिगत लगानीमा दैनिक जीवनयापनका लागि आवश्यक सामग्रीहरू हस्तान्तरण गर्नुभएको हो । अचानक आइलागेको यो ठूलो पारिवारिक र मानसिक संकटको घडीम...

जयवीर देउवालाई सात दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सूचना

जयवीर देउवालाई सात दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सूचना
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका क्रममा आवश्यक सोधपुछका लागि जयवीर सिंह देउवालाई सात दिनभित्र उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ। तोकिएको अवधिभित्र उपस्थित नभए कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ। काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवालाई सात दिनभित्र विभागमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ। विभागले २०८३ असार २३ गते प्रकाशित सूचनामार्फत सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर...

गैँडाकोटमा ६५ दिने ब्युटिसियन र मन्टेश्वरी तालिम सम्पन्न

गैँडाकोटमा ६५ दिने ब्युटिसियन र मन्टेश्वरी तालिम सम्पन्न
गैँडाकोट- गैँडाकोट नगरपालिकाको आयोजनामा सञ्चालित आन्तरिक रोजगारी प्रवर्द्धन क्रियाकलाप अन्तर्गतका ब्युटिसियन र मन्टेश्वरी तालिम आज एक कार्यक्रमका बीच समापन गरिएको छ। स्थानीयस्तरमै सीप सिकाएर स्वरोजगार बनाउने उद्देश्यका साथ सञ्चालित यी दुवै तालिमहरू ६५ दिनसम्म चलेका थिए। गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा नगर प्रमुख (मेयर) मदनभक्त अधिकारी प्रमुख अतिथि र नगर उपप्रमुख (उपमेयर) शान्ति कोइराला विशिष्ट अतिथिका रूप...

दिनदहाडै कार्यकक्षमै सांघातिक आक्रमण, अपराधी समात्न प्रहरीको ढिलासुस्ती किन?

दिनदहाडै कार्यकक्षमै सांघातिक आक्रमण, अपराधी समात्न प्रहरीको ढिलासुस्ती किन?
चितवन। इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै ज्यान मार्ने उद्देश्यले सांघातिक हमला भएको चार दिन बितिसक्दा पनि मुख्य योजनाकार अझै फरार रहेका छन्। प्रहरीले घटनामा संलग्न भनिएका ६ जनामध्ये अहिलेसम्म जम्मा २ जनालाई मात्र नियन्त्रणमा लिएको छ। घटनाका मुख्य योजनाकार ‘किंगफिसर कन्स्ट्रक्सन’का प्रोपाइटर लाल बहादुर तामाङसहित ४ जना अझै पनि प्रहरीको आँखा छलेर फरार छन्। दिनदहाडै सरकारी कार्यालयभित्रै पसी प्रशासनिक प्रमुख र उनको परिवारलाई समेत ज्यान मार्ने धम्की ...

जंगली बँदेलका लागि राखेको करेन्ट लागेर श्रीमतीको मृत्यु, श्रीमान् प्रहरी नियन्त्रणमा

जंगली बँदेलका लागि राखेको करेन्ट लागेर श्रीमतीको मृत्यु, श्रीमान् प्रहरी नियन्त्रणमा
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा जंगली बँदेल नियन्त्रणका लागि थापेको विद्युतिय पासो (करेन्ट) मा परेर एक महिलाको दुखद मृत्यु भएको छ। आफ्नै श्रीमानले बारीमा राखेको करेन्ट लागेर ६० वर्षीया हुमकला भण्डारीको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार धुर्कोट गाउँपालिका–५ मन्टारीका ६६ वर्षीय भेषराज भण्डारीले जंगली बँदेलबाट बालीनाली जोगाउन आफ्नो घरभन्दा करिब १५० मिटर टाढा बारीमा बिजुलीको पोलबाट नाङ्गो तार तानेर करेन्ट प्रवाह गरेका थिए। सोही करेन्टको पासोमा झुक्किएर...

पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य घट्यो

पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मध्यरातिदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर २० रूपैयाँ, डिजेलमा ३० रूपैयाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटेको हो ।