कर्मचारी सरुवा अब पूर्ण रूपमा ‘डिजिटल’ हुँदै, मन्त्री रावलको विशेष अग्रसरता
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा प्रविधिमैत्री र पारदर्शी बनाउने अन्तिम तयारी गरेको छ। मन्त्रालयका कर्मचारी प्रशासन शाखा प्रमुख झबिन्द्र खनालका अनुसार नयाँ मन्त्रीको आगमनसँगै सरुवा प्रणाली क्रमिक रूपमा व्यवस्थित बन्दै गएको छ र यो नयाँ डिजिटल प्रणाली कार्यान्वयनमा आएपछि मन्त्रालयको कार्यसम्पादनमा ऐतिहासिक सुधार आउनेछ। निजामती प्रशासनभित्र लामो समयदेखि अपारदर्शी र झन्झटिलो मानिँदै आएको कर्मचारी सरुवा प्रक्रिया...


