×

मध्य नेपाल

रास्वपा महाधिवेशन: होटलको खर्च आफैंलाई, भान्सामा दैनिक ८ क्विन्टल खसीको मासु

रास्वपा महाधिवेशन: होटलको खर्च आफैंलाई, भान्सामा दैनिक ८ क्विन्टल खसीको मासु
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनको बन्दसत्रको कार्यक्रम आजदेखि चितवनमा सुरु हुँदैछ । चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने बन्दसत्रमा भाग लिन देशभरका विभिन्न जिल्ला र प्रवासबाट झण्डै ४१ सय प्रतिनिधिहरू चितवन आइपुगेका छन् । अधिकांश प्रतिनिधिहरू हिजो नै चितवन आइसकेका छन् । पार्टीको समन्वयमा आफैंले होटल खोजेर बसेका प्रतिनिधिहरूको खानपानको व्यवस्थापन भने आज बिहानदेखि रास्वपाले सुरु गरेको छ । महाधिवेशनस्थलमै बिहान ७ बजेदेखि ब्रेकफास्ट...

चितवनमा ट्रकमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु

चितवनमा ट्रकमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु
भरतपुर- चितवनको भरतपुर महानगरपालिका-१५ स्थित अतिथि पार्टी प्यालेस नजिकै गएराति भएको सडक दुर्घटनामा परी दुई जना युवकको मृत्यु भएको छ।भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रकको पछाडि सोही दिशातर्फ गइरहेको बा.प्र.०६००४ प ७२४८ नम्बरको स्कुटर अनियन्त्रित भई ठोक्किँदा उक्त दुर्घटना भएको हो। दुर्घटनामा स्कुटर चालक भरतपुर महानगरपालिका-२६, दिव्यनगर बस्ने २२ वर्षीय अशोक भण्डारी र स्कुटरको पछाडि सवार लमजुङ घर भई हाल भरतपुर-२० बस्ने १९ वर्षीय राजीव गुरुङ गम्भीर घाइते भए...

कक्षा १२ को परीक्षा: गैंडाकोट इङ्ग्लिस स्कुलको उत्कृष्ट नतिजा, समर्पणले ल्याए ३.९२ जीपीए

कक्षा १२ को परीक्षा: गैंडाकोट इङ्ग्लिस स्कुलको उत्कृष्ट नतिजा, समर्पणले ल्याए ३.९२ जीपीए
नवलपुर । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइएको कक्षा १२ को अन्तिम परीक्षामा नवलपुरको गैंडाकोट इङ्ग्लिस स्कुल (जीईएस) ले व्यवस्थापन (Management) संकायतर्फ उत्कृष्ट नतिजा हासिल गरेको छ । सार्वजनिक नतिजा अनुसार विद्यालयका छात्र समर्पण रेग्मीले ३.९२ जीपीए (GPA) अंक प्राप्त गरेका छन्, जुन व्यवस्थापन संकायतर्फ नवलपुर जिल्लाकै सम्भावित सर्वोत्कृष्ट नतिजा हो । यस वर्ष विद्यालयको कुल उत्तीर्ण प्रतिशत ८४.६२ रहेको छ । उत्कृष्ट नतिजा ल्याउने क्रममा विद्यालयका ६ जना विद्यार्थीले ‘A+’ ग्रे...

गैँडाकोट नगरपालिकाद्वारा १ अर्ब २८ करोड ८८ लाखको बजेट सार्वजनिक

गैँडाकोट नगरपालिकाद्वारा १ अर्ब २८ करोड ८८ लाखको बजेट सार्वजनिक
गैँडाकोट- नवलपुरको गैँडाकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नयाँ उत्साह र लोकप्रिय योजनाहरू समेट्दै १ अर्ब २८ करोड ८८ लाख रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। नगरसभाको १९औँ अधिवेशनमा नगर उपप्रमुख शान्ती कोइरालाले प्रस्तुत गर्नुभएको यस बजेटमा दैनिक प्रशासनिक तथा चालु खर्चतर्फ ७८ करोड ६२ लाख ६० हजार रुपैयाँ र नगरको विकास निर्माण अर्थात् पुँजीगत खर्चतर्फ ५० करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ। यस पटक नगरपालिकाले आन्तरिक राजस्वलाई आफ्नो मुख्य खम्बा बनाउँदै ...

कावासोती खानेपानी निर्वाचन: उपभोक्ताको मन जित्दै हेमप्रसाद पाण्डे

कावासोती खानेपानी निर्वाचन: उपभोक्ताको मन जित्दै हेमप्रसाद पाण्डे
कावासोती - कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आगामी निर्वाचन २०८३ को मिति नजिकिँदै गर्दा चुनावी सरगर्मी निकै चुलिएको छ ।  यसै क्रममा संस्थाको गरिमा र व्यवस्थापनलाई नयाँ उचाइमा पुर्‍याउने संकल्पसहित अध्यक्ष पदका उम्मेदवार हेमप्रसाद पाण्डे (हेमु) ले सार्वजनिक गर्नुभएको लोककल्याणकारी र दूरदर्शी एजेन्डाहरूले आम मतदाता तथा उपभोक्ताहरूमाझ ठूलो उत्साह जगाएको छ। विगतमा वडाध्यक्ष हुँदा राज्यबाट पाउने तलब, भत्ता र गाडी जस्ता सरकारी सेवा-सुविधा कहिल्यै व्यक्तिगत प्रयोजनमा न...

जनक नमूना माविको अध्यक्षमा युवा समाजसेवी गोविन्द घिमिरे सर्वसम्मत चयन

जनक नमूना माविको अध्यक्षमा युवा समाजसेवी गोविन्द घिमिरे सर्वसम्मत चयन
गैँडाकोट- गैँडाकोट क्षेत्रकै प्रतिष्ठित शैक्षिक धरोहर जनक नमूना माध्यमिक विद्यालयले नयाँ नेतृत्व पाएको छ। विद्यालयको चौतर्फी विकास र गरिमालाई अझ उच्च बनाउने संकल्पका साथ विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) को अध्यक्ष पदमा प्रखर युवा समाजसेवी, शैक्षिक एवं सामाजिक व्यक्तित्व  गोविन्दप्रसाद घिमिरे सर्वसम्मतरूपमा चयन हुनुभएको छ। गैँडाकोट-५ निवासी घिमिरे लामो समयदेखि यस क्षेत्रका विभिन्न सामाजिक संघसंस्थाहरूको सफल नेतृत्व गरिसक्नुभएका स्थापित चेहरा हुनुहुन्छ। शिक्षाको मर्म र सम...

बजेटमाथि छलफल गर्न प्रतिनिधि सभाको बैठक आज बस्दै

बजेटमाथि छलफल गर्न प्रतिनिधि सभाको बैठक आज बस्दै
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को प्रस्तावित बजेट (राजस्व र व्ययको वार्षिक अनुमान) माथि सामान्य छलफल सुरु हुने कार्यसूची रहेको छ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त प्रस्ताव स्वीकृत भएसँगै बजेटमाथि सांसदहरूले आफ...

मतपत्र र स्वस्तिक छापको नयाँ अनुभव: अक्सफोर्डका विद्यार्थीले चुने आफ्ना नेता

मतपत्र र स्वस्तिक छापको नयाँ अनुभव: अक्सफोर्डका विद्यार्थीले चुने आफ्ना नेता
गैँडाकोट- विद्यालयको प्राङ्गणमा सधैँजसो देखिने राष्ट्रिय झण्डा र विद्यालयको ब्यानरसँगै यसपटक केही फरक दृश्य थियो। लाइनमा बसेका विद्यार्थीहरूका अनुहारमा कौतुहलता र जिम्मेवारीको गम्भीरता झल्किएको देखिन्छ। यो कुनै राजनीतिक दलको महाधिवेशन वा देशको आम निर्वाचन जस्तै प्रतित हुन्थ्यो, जहाँ उत्साह र व्यवस्थापनको रौनक उत्तिकै उच्च थियो। गैँडाकोट–२ स्थित अक्सफोर्ड सेकेन्डरी स्कुलमा शैक्षिक सत्र २०८१ का लागि आयोजित ‘विद्यार्थी नेतृत्व चयन’ सम्बन्धी विद्यालय निर्वाचन भर्खरै सम्पन्न भएको ...

चुल्होचौकोबाट उद्यमशीलतातिर: गैँडाकोट १८ का महिला सिलाई तालिममा व्यस्त

चुल्होचौकोबाट उद्यमशीलतातिर: गैँडाकोट १८ का महिला सिलाई तालिममा व्यस्त
गैँडाकोट - बिहानको ठीक ९ बज्छ। गैँडाकोट नगरपालिका वडा नं. १८ का १८ जना दिदीबहिनीहरू हातमा कपडा, कैँची र इन्चिटेप बोकेर एउटै आँगनमा भेला हुन्छन्। उनीहरूको दैनिकी अचेल बदलिएको छ। घरको चुल्होचौको र मेलापातको नियमित धपेडीबाट केही समय छुटाएर उनीहरू एउटा नयाँ सपना बुन्न जुट्छन्। यो क्रम बेलुकी ५ बजेसम्म निरन्तर चल्छ। वडा कार्यालयको आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रम अन्तर्गत गत वैशाख १४ गतेदेखि यहाँ महिलाहरूका लागि नि:शुल्क टेलरिङ (सिलाई-कटाई) तालिम सञ्चालन भइरहेको छ। झण्डै ...