×

मध्य नेपाल

रास्वपा नवलपुर जिल्ला अधिवेशन : सभापतिमा चार नेताको चर्चा

रास्वपा नवलपुर जिल्ला अधिवेशन : सभापतिमा चार नेताको चर्चा
नवलपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको ऐतिहासिक प्रथम जिल्ला अधिवेशन आगामी जेठ २४ गते कावासोतीमा हुने निश्चित भएको छ। पार्टीको केन्द्रीय कार्यतालिका अनुसार हुन गइरहेको यस अधिवेशनले जिल्लाको नयाँ नेतृत्व चयन गर्ने भएकाले यतिबेला स्थानीय राजनीतिमा चासो र सरगर्मी बढेको छ। अधिवेशनको मिति नजिकिँदै गर्दा पार्टीको पहिलो जिल्ला सभापति बन्नका लागि नेताहरूबीच आन्तरिक संवाद र लबिइङ तीव्र बनेको छ। रास्वपा नवलपुरको नेतृत्वका लागि मुख्य रूपमा...

रोल्पामा खोलाले बगाउँदा विद्यालयबाट फर्किँदै गरेका दुई बालकको मृत्यु

रोल्पामा खोलाले बगाउँदा विद्यालयबाट फर्किँदै गरेका दुई बालकको मृत्यु
रोल्पा।रोल्पाको गंगादेव गाउँपालिका–६ रातामाटामा खहरे खोलाको भेलले बगाउँदा दुई बालकको मृत्यु भएको छ। बुधबार साँझ विद्यालयबाट घर फर्कने क्रममा अचानक आएको खहरे खोलाको भेलमा बगेर स्थानीय दुई जना बालकको ज्यान गएको हो। मृत्यु हुनेहरूमा रातामाटा निवासी निमबहादुर खड्काका ७ वर्षीय छोरा गोपाल खड्का र सर्वजित खत्रीका ६ वर्षीय छोरा समिर केसी रहेका छन्। दुवै जना विद्यालयको छुट्टीपछि सँगै घर फर्किरहेका थिए। साँझ पौने ६ बजे घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जिनावाङबाट...

अङ्कुरम् एकेडेमीमा समुदाय लक्षित बृहत् आँखा शिविर

अङ्कुरम् एकेडेमीमा समुदाय लक्षित बृहत् आँखा शिविर
चितवन । भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीको आयोजनामा समुदायलक्षित बृहत् आँखा शिविरको आयोजना गरिएको छ । ‘भोलिको उज्यालो भविष्यका लागि आँखाको हेरचाह’ भन्ने नाराका साथ भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा मंगलबार सम्पन्न उक्त आँखा शिविरमा विद्यार्थी, शिक्षक–कर्मचारी तथा समुदायका व्यक्तिहरू गरी चार सय ९७ जनाको आँखा जाँच गरिएको हो । विद्यालयको नियमित क्रियाकलापअन्तर्गत सामाजिक उत्तरदायित्वतर्फ ३५ वर्ष उमेर पुगेका ४८ जना स्थानीय समुदायका बासिन्दाको समेत आँखा जाँच गरिएक...

गैँडाकोट खानेपानीको नयाँ नेतृत्वका लागि जेठ ३० मा निर्वाचन, चुनावी सरगर्मी बढ्यो

गैँडाकोट खानेपानीको नयाँ नेतृत्वका लागि जेठ ३० मा निर्वाचन, चुनावी सरगर्मी बढ्यो
गैँडाकोट- गैँडाकोट नगर क्षेत्रकै प्रतिष्ठित र ठूलो खानेपानी संस्था, गैँडाकोट पम्पीङ स्कीम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनका लागि आगामी जेठ ३० गते अधिवेशन तथा निर्वाचन हुने भएको छ । आगामी ४ वर्षको नयाँ कार्यकालका लागि पुरानो जनक माध्यमिक विद्यालयको प्राङ्गणमा चुनाव हुन लागेको हो । नगरका ९ वटा वडाका हजारौँ उपभोक्ता जोडिएको संस्था भएकाले यस निर्वाचनलाई स्थानीय स्तरमा निकै चासो र महत्त्वका साथ हेरिएको छ । संस्थाको वैधानिक व्यवस्था अनुसार निर्वाचनमा ‘एक धार...

रवि लामिछानेको दिल्लीमा भव्य स्वागत, भाजपा नेताहरूसँग राजनीतिक भेटघाट सुरु

रवि लामिछानेको दिल्लीमा भव्य स्वागत, भाजपा नेताहरूसँग राजनीतिक भेटघाट सुरु
काठमाडौं - भारत भ्रमणमा रहेका सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ दिल्लीमा आफ्नो राजनीतिक भेटघाट तीव्र पारेका छन्। भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा सोमबार पाँचदिने भ्रमणका लागि दिल्ली पुगेका लामिछानेले १९ जेठदेखि औपचारिक भेटवार्ता सुरु गरेका हुन्। भाजपा केन्द्रीय कार्यालय पुग्दा सभापति लामिछानेलाई परम्परागत झाँकी, सांस्कृतिक प्रस्तुति र फूलमालासहित भव्य स्वागत गरिएको थियो। लामिछानेको स्वागतका लागि दिल्ली...

पूर्वसभामुख महरालाई एक लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

पूर्वसभामुख महरालाई एक लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश
काठमाडौँ - विशेष अदालतले इलेक्ट्रिक चुरोट (भेप) मार्फत भएको सुन तस्करी र भ्रष्टाचार मुद्दामा जोडिएका पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको संयुक्त इजलासले सोमबार महरालाई धरौटीमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो। अदालतको आदेशमा भनिएको छ, ‘पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी कृष्णबहादुर महराबाट नगद धरौटी एक लाख रुपैयाँ वा सो बराबरको बैंक जमानत लिई उनलाई तारिखमा...

बालेनको अभिव्यक्ति विरुद्ध विपक्षी मोर्चा: संसद्‍मा सशक्त प्रतिवाद गर्ने विपक्षीको तयारी

बालेनको अभिव्यक्ति विरुद्ध विपक्षी मोर्चा: संसद्‍मा सशक्त प्रतिवाद गर्ने विपक्षीको तयारी
नेपाल-भारत सीमा विवाद र भूमिबारे प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को संसद्‍मा व्यक्त भनाइलाई लिएर संसद्को राजनीतिक सरगर्मी बढेको छ । आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले दिएको उक्त अभिव्यक्ति राष्ट्रिय हित विपरित रहेको भन्दै प्रमुख विपक्षी दलहरू त्यसलाई संसदीय अभिलेख (रेकर्ड) बाट हटाउनुपर्ने मागमा एकमत भएका छन् । उक्त मागलाई संसद्‍मा मुख्य अडानका रूपमा प्रस्तुत गर्न रणनीति बनाउने उद्देश्यले सोमबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा विपक्षी द...

नेपाल-भारत सीमा विवाद: प्रधानमन्त्री बालेनको अभिव्यक्तिलाई एसडी मुनीले दिए बधाई

नेपाल-भारत सीमा विवाद: प्रधानमन्त्री बालेनको अभिव्यक्तिलाई एसडी मुनीले दिए बधाई
काठमाडौँ । भारतीय प्राध्यापक एवं नेपाल मामिलाका जानकार एसडी मुनीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सीमा समस्या सम्बन्धी अभिव्यक्तिको प्रशंसा गरेका छन् । प्रधानमन्त्री शाहले नेपाल-भारत सीमा समस्या एकतर्फी मात्र नरहेको भनी दिएको अभिव्यक्ति ‘साहसिक’ भएको भन्दै मुनीले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् । प्रधानमन्त्री शाहको कदमलाई समर्थन गर्दै मुनीले लेखेका छन्, "नेपाल र भारतको सीमा समस्या एकतर्फी छैन भन्ने कुरा साहसिक रूपमा स्वीकार गरेकोमा प्रधानमन्त्री शाह बधाईका पात्...

कालिगण्डकी करिडोरको गैँडाकोट–बुलिङटार खण्डमा पहिरोको उच्च जोखिम

कालिगण्डकी करिडोरको गैँडाकोट–बुलिङटार खण्डमा पहिरोको उच्च जोखिम
गैँडाकोट- राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर अन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोट–बुलिङटार सडकखण्ड पहिरोको उच्च जोखिममा परेको छ। मनसुन सुरु भएसँगै यस करिडोरको गैँडाकोट–बुलिङ क्षेत्र अन्तर्गतका विभिन्न तीन प्रमुख स्थानमा पहिरोको उच्च जोखिम बढेपछि स्थानीय बासिन्दा र यात्रुहरू चिन्तित बनेका छन्। पहाडी भेगका नागरिकका लागि 'लाइफलाइन' मानिएको यो सडकखण्डका जोखिमयुक्त तीन स्थानमा वर्षायाममा सामान्य पानी पर्नासाथ लेदोसहितको पहिरो खस्ने र सडक नै भासिने समस्या देखिँदै आएको छ। विग...