गैंडाकोटमा घरायसी विवादमा बुबाद्वारा छोराको हत्या
गैंडाकोट । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैंडाकोटमा घरायसी विवादका कारण बुबाले आफ्नै छोरामाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्।
प्रहरीका अनुसार गैंडाकोट नगरपालिका वडा नं. १५ चिन्तामणी टोल निवासी ६३ वर्षीय डम्मर गिरीले हिजो गएराति अन्दाजी १०:०० बजे घरायसी विवादका क्रममा आफ्ना ४३ वर्षीय छोरा शंकर गिरीमाथि धारिलो हतियार (खुर्पा) प्रहार गरेका थिए।
खुर्पा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका शंकर गिरीलाई तत्कालै उद्धार गरी उपचारका लागि चितवनको भरतपुरस्थित नयाँ मेडिकल...


