काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै उक्त आकारको बजेट घोषणा गरेका हुन्।
कुल विनियोजित बजेटमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब रुपैयाँ छुट्याइएको छ भने विकास निर्माण अर्थात् पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री वाग्लेले जानकारी दिए। यसैगरी, वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ व्यवस्था गरिएको छ।
सरकारले आगामी आर्थिक वर्षको खर्च बेहोर्ने स्रोततर्फ राजस्वबाट १४ खर्ब ४ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ।
राजस्वले नपुग हुने बाँकी रकमका लागि वैदेशिक अनुदानतर्फ ६१ अर्ब ७४ करोड रुपैयाँ र वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रुपैयाँ जुटाइने बजेट वक्तव्यमा उल्लेख छ। यसका अतिरिक्त, स्रोतको न्यूनता पूर्ति गर्न सरकारले ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने रणनीति लिएको छ।



उज्यालो खबर




