माडीमा जेठ १५ गते ‘मौलिक संस्कृति उत्सव’ हुने, तयारी तीव्र
चितवन । माडीको मौलिक कला, संस्कृति, भाषा र परम्परा जोगाउने उद्देश्यका साथ आगामी जेठ १५ गते “माडी मौलिक संस्कृति उत्सव–२०८३” आयोजना हुने भएको छ। माडी प्रज्ञा प्रतिष्ठानको आयोजना तथा माडी नगरपालिकाको प्रवर्द्धनमा बसन्तपुर बजारस्थित खुला चौरमा यो उत्सव हुन लागेको हो। उत्सवबारे आज भरतपुरमा पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिइएको छ।
माडीको सांस्कृतिक विविधतालाई राष्ट्रियस्तरमा चिनाउन र नयाँ पुस्तालाई आफ्नो पहिचानसँग जोड्न यो उत्सव कोसेढुङ्गा सावित हुने विश्वास लिइएको छ। पत्रका...


