काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पर्सा जिल्ला अदालतले सिंहलाई लिखत किर्ते गरेको कसुरमा पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो।
अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार मेयर सिंहलाई पक्राउ गर्न जेठ ८ गते नै अनुमति दिइएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरिबहादुर बस्नेतले मेयर सिंहविरुद्ध नागरिकता सम्बन्धी लिखत कसुरमा अनुसन्धानका लागि अदालतबाट पक्राउ पुर्जी प्राप्त भएको पुष्टि गरेका छन्। अदालतको अनुमतिसँगै प्रहरीले यस मामिलामा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।



उज्यालो खबर




