फिर्केखोला अतिक्रमण हटाउन पोखरा महानगरको अन्तिम चेतावनी
पोखरा । पोखरा महानगरपालिका ले फिर्केखोला को खोलाघर मिचेर निर्माण गरिएका स्थायी तथा अस्थायी संरचना आगामी जेठ ९ गतेभित्र हटाउन अन्तिम सार्वजनिक सूचना जारी गरेको छ ।
महानगरपालिकाले तोकिएको समयभित्र संरचना नहटाइए डोजर प्रयोग गरेर हटाइने तथा त्यस क्रममा लाग्ने सम्पूर्ण प्राविधिक र व्यवस्थापकीय खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल गरिने जनाएको छ ।
महानगरका अनुसार वडा नम्बर १८ को अँधेरीकुनादेखि सुरु हुने फिर्केखोला वडा नम्बर २, ४, ५, ७, ८ र १७ हुँदै वडा नम्बर ...


