×

नेपाल बार एसोसिसन को नेतृत्वमा आज काठमाडौंमा लालटिन बालेर विरोध प्रदर्शन हुने भएको छ।

सर्वोच्च अदालतमा पछिल्लो समय विकसित घटनाक्रमप्रति सांकेतिक विरोधस्वरूप यो प्रदर्शन आयोजना गरिएको जनाइएको छ। बारको आइतबार बसेको बैठकले अदालतमा रिट निवेदन दर्ता हुन नसक्ने अवस्था बनेको भन्दै त्यसको विरोध गर्ने निर्णय गरेको थियो।

नेपाल बार एसोसिसनका अध्यक्ष डा. विजयप्रसाद मिश्र का अनुसार, “सत्य र न्यायको खोजी” का लागि मंगलबार दिउँसो १ बजे बार कार्यालय परिसरमा लालटिन बालिने कार्यक्रम तय गरिएको छ।

उनले अदालतमा न्याय खोज्न जाँदा रिट तथा मुद्दा नै दर्ता नहुने अवस्था बने जनताले न्याय पाउने ठाउँबारे गम्भीर प्रश्न उठ्ने बताएका छन्।

तपाईको प्रतिक्रिया