काठमाडौं -नेपाल प्रशासन सेवामा पछिल्ला वर्षहरूमा ४० वर्ष वा सोभन्दा कम उमेरमै सहसचिव (Joint Secretary) बन्ने प्रवृत्ति उल्लेख्य रूपमा बढेको देखिएको छ। हालको अध्ययनअनुसार प्रशासन सेवामा करिब डेढ दर्जन सहसचिव ४० वर्ष वा सोभन्दा कम उमेर समूहका छन्।
खुला प्रतिस्पर्धा तथा विभिन्न आरक्षण कोटा प्रणालीमार्फत केही अधिकारी ३० वर्षकै उमेर आसपासमै सहसचिव बन्न सफल भएका छन्। यसले प्रशासनमा युवा नेतृत्वको प्रवेशसँगै अनुभव र दक्षताबारे बहस पनि सुरु गरेको छ।
सबैभन्दा कम उमेरकी सहसचिवका रूपमा आरती न्यौपाने रहेकी छिन्, जो ३१ वर्षमै सहसचिव बनेकी हुन्।त्यस्तै, भरत खनाल ३१ वर्षमै सहसचिव बनेका मध्येका एक हुन् भने अहिले करिब ३४ वर्षका छन्।कविता रेग्मी ३३ वर्षको उमेरमै सहसचिव बनेकी थिइन्।
टेकबहादुर वली हालै ३५ वर्षको उमेरमा सहसचिव बनेका हुन्।
प्रदिप परियार ३२ वर्षको उमेरमै सहसचिव बनेका थिए। उनी हाल प्रधानमन्त्रीको निजी सचिवालयमा कार्यरत छन्।त्यस्तै, सुरेश पन्थी, श्रीराम ठाकुर, स्किम श्रेष्ठ, हेमराज तामाङ, मेखबहादुर मंग्राती, कृष्णकुमारी श्रेष्ठ, मुकेश डंगोल, सफल पोर्तेल लगायतका अधिकारीहरू पनि ३५ देखि ३९ वर्षको उमेरमै सहसचिव बनेका छन्।त्यस्तै, रेखा दास, इन्द्रदेव यादव, सुशिला अर्याल, सिर्जना थपलिया, हेमराज अर्याल पनि ४० वर्षको उमेरभित्रै सहसचिव बनेका हुन्।
४० वर्ष वा सोभन्दा कम उमेरका सहसचिवहरूको सूची
- आरती न्यौपाने — ३१ वर्ष
- भरत खनाल — ३४ वर्ष
- कविता रेग्मी — ३५ वर्ष
- टेकबहादुर वली — ३५ वर्ष
- प्रदिप परियार — ३७ वर्ष
- सुरेश पन्थी — ३८ वर्ष
- श्रीराम ठाकुर — ३८ वर्ष
- स्किम श्रेष्ठ — ३९ वर्ष
- हेमराज तामाङ — ३९ वर्ष
- मेखबहादुर मंग्राती — ३९ वर्ष
- कृष्णकुमारी श्रेष्ठ — ३९ वर्ष
- मुकेश डंगोल — ३९ वर्ष
- सफल पोर्तेल — ३९ वर्ष
- रेखा दास — ४० वर्ष
- इन्द्रदेव यादव — ४० वर्ष
- सुशिला अर्याल — ४० वर्ष
- सिर्जना थपलिया — ४० वर्ष
- हेमराज अर्याल — ४० वर्ष



उज्यालो खबर




