काठमाडौं- बुधबार सर्वदलीय बैठक बस्दैछ।रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्न लागेको हो।बैठक बिहान ८ बजे सिंहदरबारमा बस्ने तय भएको छ।
बैठकमा सुनसरी घटना लगायतका विषयमा छलफल हुनेछ।बिहान ८ बजे सिंहदरबारमा बस्ने गरी सभापतिले सर्वदलीय बैठक आह्वान गरेको रास्वपा महामन्त्री बिपिन आचार्यले जानकारी दिए।
बैठकका लागि सबै दललाई पत्राचार गरिएको छ भने सभापति लामिछानेले आफै पनि फोन गरेर नेताहरूलाई आमन्त्रण गरेका छन्।बैठक लेखा समितिको हलमा हुनेछ।



उज्यालो खबर

