×

काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा आज साँझ सार्वजनिक गर्ने तयारी गरेको छ।बोर्ड स्रोतका अनुसार नतिजा प्रकाशनका लागि आवश्यक प्राविधिक काम अन्तिम चरणमा पुगेको छ। साँझ ५ बजेपछि बोर्ड बैठक बस्ने र उक्त बैठकपछि नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ।

बोर्डका एक अधिकारीले सम्भवत: आजै साँझ नतिजा सार्वजनिक हुने जानकारी दिएका छन्। बैठकमा सहभागी हुन बोर्डका सदस्यहरूलाई समेत बोलाइसकिएको छ।जंगबहादुर अर्यालले  ले पनि नतिजा सार्वजनिक गर्ने विषयमा छलफल भइरहेको बताएका छन्।

यस वर्ष एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन गरिएको थियो। यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको कारण नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको बोर्डले जनाएको छ।

यस वर्षको एसईई परीक्षाका लागि कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले फारम भरेका थिए। जसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी सहभागी भएका थिए।परीक्षामा सहभागीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना रहेका छन्।

तपाईको प्रतिक्रिया