गैँडाकोट । नेपाली कांग्रेस गैँडाकोट नयाँ नेतृत्व चयनका लागि असोज ११ गते हुुँदै गरेको १४ औ नगरअधिबेशन रोमाञ्चक मोडमा जाने देखिएको छ । नगरसभापति पदका उमेदवार खेमराज सापकोटाले आफ्नो प्यानलको नाम सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेपछि सोहि प्यानलमा रहेका २ जना उपसभापति र दुईजना सचिवहरुले आफुहरु खेमराज प्यानलमा नरहेको भन्दै विज्ञप्ती सार्वजनिक गरेसँगै गैँडाकोट कांग्रेसको अधिवेशन थप रोमाञ्चक हुने देखिएको हो ।
खेमराज सापकोटा प्यानलबाट भन्दै आएका दुई उपसभापतिहरु राजेशबाबुु श्रेष्ठ र रोशनभक्त अधिकारी तथा सचिवहरु गोविन्द घिमिरे र हरिराम सापकोटाले आफुहरु खेमराज सापकोटा प्यानलमा नरहेको बताएका छन् । उनिहरुले विना जानकारी आफुहरुको नाम खेमराज सापकोटा प्यानलले राखेको भन्दै ध्यानाकर्षण भएको र भ्रममा नर्पन आग्रह गरेका छन् ।
खेमराज सापकोटा प्यानलबाट आएका चारजनाले आफुुहरु सो टिममा नरहेको बताएपछि अव सभापति पदका उमेदवार खेमराज सापकोटा मात्रै सो प्यानलमा देखिएका छन् । चारजनाले प्यानल छाडेपछि बद्री सापकोटा थप वलियो बनेका छन् ।
खेमराज सापकोटा लाईन छाडेका चारैजनाले सभापतिका उमेद्वार बद्री सापकोटालाई समर्थन गर्न सक्ने देखिएको छ । यो खबर तयार पर्दासम्म बद्री सापकोटा प्यानलले आफ्नो टिम सार्वजनिक गरेको छैन ।
स्रोतका अनुसार आज अवेर या भोलि विहानसम्म मात्रै सभापति पदका उमेदवार बद्री सापकोटाले आफ्नो टिम घोषणा गर्ने तयारी छ । गैँडाकोट नगरका करिव ४८५ जना प्रतिनिधिहरुले नगरअधिवेशनमा मत दिनेछन् ।

 

तपाईको प्रतिक्रिया