सुस्मा न्याैपाने 

गैँडाकोट । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गैँडाकोट नगरपालिकामा बद्री सापकोटा प्यानलले आफ्नो टिमको घोषणा गरेको छ । होटल द नारायणीमा नगरसभापतिका दावेदार मध्येका एक खगराज सापकोटा र नेपाली काग्रेंस गैँडाकोटका विभिन्न वडाका १० जना वडा सभापतिहरुलाई साक्षी राखेर बद्री सापकोटा प्यानलले आफ्नो टिमको घोषणा गरेको हो ।

नगरसभापति बद्री सापकोटाको प्यानलमा उपसभापतिमा राजेश कुमार श्रेष्ठ र रोशनभक्त अधिकारी रहनु भएको छ । त्यसैगरी सतिवमा गोविन्द घिमिरे र कृष्णमुरारी खनाल रहनु भएको छ । त्यसैगरी नगर समितिको सहसचिवमा बद्री सापकोटा प्यानलले रत्न बहादुर बोहरा र बुद्धी प्रसाद न्यूरेलाई राखेको छ ।बद्री सापकोटा प्यानलबाट उपसभापतिमा उठेका श्रेष्ठ र अधिकारी तथा सचिवमा उठेका घिमिरेले हिजो मात्रै खेमराज सापकोटा प्यानलमा आफुहरु नहरेको भन्दै विज्ञेप्ती जारी गर्नुभएकाे थियाे ।

प्यानल घोषणा कार्यक्रममा बोल्दै नगरसभापति पदका दावेदार मध्येका एक नेता खगराज सापकोटाले आफुले बद्री सापकोटालाई सर्मथन गर्दै उमेदवारी नदिने निष्र्कशमा पुगेको बताउनुु भयो । आफुले चुनावमा नउठ्ने घोषणा गर्दै बद्री सापकोटालाई समर्थन गरेपछि अन्य सभापतिका आकांक्षीहरुले पनि नैतिक रुपमा बाध्य भएर सर्मथन गर्नुपर्ने बताउनु भयो ।

प्यानल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै सभापति पदका उमेदवार बद्री सापकोटाले नेपाली काग्रेसलाई बलियो बनाउन आफ्नो टिम लागि पर्ने बताउनुभयो । आफ्नो नेतृत्वको टिमले पार्टिलाई पाँचबर्षमा बलियो बनाउने भन्दै सबै कार्यकर्ताको भावनालाई सम्बोधन गर्ने बताउनुभयो । वडा सभापतिको उपस्थितिले आफुहरु थप उत्साहित भएको भन्दै उहाँले अझैपनि सहमतिको लागि आफुहरु तयार रहेको बताउनुभयो ।
सभापति पदका अर्का अकांक्षी दाताराम घिमिरे र नेता नरहरी सापकोटा समेतले आफुलाई सर्मथन गरेको र भोलिको नोमिनेसमा उमेदवारी नदिने बचन दिएको उहाँको भनाई थियो ।

बद्री सापकाेटा प्यानललाई समर्थन गर्दै कांग्रेस गैडाकाेट १ का सभापति ठाकुर प्रसाद सापकाेटा, २ का सभापति नारायण सापकाेटा, ४ का सभापति कृष्ण प्रसाद पराजुली, ५ का सभापति लक्ष्मण कार्की, ६ का सभापति प्रकाश भुसाल, ७ का सभापति नारायण पाैडेल, ८ का सभापति रामप्रसाद सापकाेटा,११ का सभापति सम्भु प्रसाद कंडेल र १२ का सभापति क्याप्टेन विरबहादुर शाही मन्चमा रहनु भएकाे थियाे ।

 

तपाईको प्रतिक्रिया