नवलपुर  । नवलपुरमा नेपाली कांग्रेसको गाउँ तथा नगर अधिवेशन सकिएको छ । मध्यविन्दु नगरपालिकाको मतगणनाको अन्तिम परिणाम आज घोषणा गरिएसँगै सबै पालिकाहरुमा नयाँ नेतृत्व चयन भएको छ ।

अधिवेशनले गैँडाकोटमा बद्री सापकोटा, देवचुलीमा डिल्लिराम कडरिया, कावासोतीमा शालिकराम ढकाल, मध्यविन्दुमा दोमन भण्डारी, हुप्सेकोटमा बलबहादुर राना, विनयी त्रिवेणीमा अजित कुमार थापा, बौदिकालीमा केवी राना र बुलिङटारमा ओमकुमार श्रेष्ठको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।

तपाईको प्रतिक्रिया