
गैँडाकोट । नवलपुरमा असोज ११ गतेका तय भएको नेपाली काग्रेसको १४ औं महाधिवेशन अन्र्तगत नगरको अधिवेशनका लागि गैँडाकोट नगरपालिकामा नेपाली काग्रेसका २ समूहले अलग अलग टिमको घोषणा गर्ने भएका छन् ।
नेपाली काग्रेसका महामन्त्री डां शसांक कोईराला र नेता महेन्द्रध्वज जिसीको लाईन भन्दै अलग अलग टिम घोषणाको तयारी भएको छ ।
काग्रेस स्रोतका अनुसार सभापति पदका उमेदवार बद्री सापकोटाले डा. शंसाक कोईराला प्यानलबाट आफ्नो टिमको घोषणा गर्दैछन् । त्यसैगरी सभापति पदका उमदेवार खेमराज सापकोटाले महेन्द्रव्ज जिसी प्यानलबाट टिमको घोषणा गर्दैछन ।साँझसम्म दुवै पक्षकाे टिम सार्वजनिक हुने बताईएकाे छ ।