नवलपुर । पूर्वी नवलपरासीमा नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा नगर अधिवेशनको मनोनयन सम्पन्न भईसकेको छ। दुई प्यानल बनाएर उम्मेदवारी दिएको देवचुली नगरपालिकामा डिल्लिराम कडरियाको प्यानल बलियो देखिएको छ। नेपाली काङ्ग्रेसको जिल्ला सदस्य समेत रहेका कडरिया देवचुली नगरपालिका मात्रै नभई जिल्ला कै लोकप्रिय काङ्ग्रेस नेता हुन् ।

साविक प्रगतीनगर गाबिसको सभापती रहिसकेका कडरियामा संगठन निर्माण र नेता कार्यकर्ताबिच सम्बन्ध सुदृढ पारी पार्टी हाँक्न सक्ने क्षमता रहेको काङ्ग्रेसको कार्यकर्ताहरुको भनाई छ। नेपाली काङ्ग्रेसभित्रको आन्तरिक समस्या समाधान गर्न र आगामी निर्वाचनमा नेपाली काङ्ग्रेसलाई शसक्त ढंगबाट अगाडी लैजान डिल्लिराम कडरिया आवश्यकता छ- एक कार्यकर्ताले उज्यालोखबरलाई भने।

छलकपट, जालझेल को राजनितीबाट टाढै रहन खोज्ने कडरिया देवचुलीमा बिकासप्रेमी नेताको रुपमा चिनिन्छन्। उम्मेदवारी दर्ता पछि उनले उज्यालोखबरलाई प्रतिक्रिया दिंदै भने- देवचुली नगरपालिकालाई काङ्ग्रेसमय बनाउन मेरो उम्मेदवारी हो, नगरमा सुदृढ काङ्ग्रेस निर्माण गर्न आँफूले कुनै कसर बाँकी छोड्ने छैन, बाँकी कुरा मतदाताहरु आँफैमा वुद्दिजिवी हुनुहुन्छ, विवेक प्रयोग गर्नुहुन्छ भन्नेमा ढुक्क छु।

डिल्लिराम कडरोयाको प्यानलबाट नगर उपसभापतीका लागि झपेन्द्र बहादुर रायमाझी क्षेत्री र पुरुषोत्तम गैरे, सचिवमा देबेन्द्र भट्टराई र सुन्दर पाण्डे र सहसचिवमा तनुजा महतो चौधरी र फटबहादुर सुनार (शंकर) को उम्मेदवारी रहेको छ। नेता महेन्द्रध्वज जिसीको निकट रहेका कडरियालाई स्थानिय कार्यकर्ताको साथ रहेको छ। जिसी जिल्लाका पुराना र बौद्धिक स्थानिय नेता समेत रहेकाले मतदाताले सो कुरा मनन गर्ने कडरिया प्यानलले बताएको छ।

 

तपाईको प्रतिक्रिया