×

गैँडाकोट । नेपाली कांग्रेस गैँडाकोटको सभापतिमा युवा नेता बद्री सापकोटा विजयी भएका छन् । आज सम्पन्न १४ औं महाधिवेशन मार्फत आफ्ना प्रतिष्पर्धी खेमराज सापकोटालाई भारी मतले पछि पार्दै युवा नेता सापकोटा सभापति पदमा विजयी भएका हुन् ।

कुल खसेको ४७४ मत मध्ये सभापति पदमा विजयी बद्री सापकोटाले ३१३ मत प्राप्त गरे भने सभापति पदका प्रत्यासी खेमराज सापकोटाले १५५ मतमा चित्त बुझाए ।२ उपसभापति पदमा तोकिएकै संख्यामा मात्रै उमेदवारी परेपछि यसअघि नै सभापति पदमा विजयी बद्री सापकोटा प्यानलका  रोशनभक्त अधिकारी र राजेश कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भैसकेका थिए ।

नगरसचिवमा पनि बद्री सापकोटा प्यानलकै गोविन्द घिमिरे र कृष्ण मुरारी खनाल विजयी भएका छन् । खसेको कुल मतमध्ये घिमिरेले ३३३ र खनालले ३१४ मत प्राप्त गरे । त्यसैगरी सचिव पदका प्रत्यासी हरीराम सापकोटाले १९० मत प्राप्त गरे ।

नगर कार्यसमितिको सहसचिवमा बुद्धीप्रसाद न्यूरे र रत्न बहादुर बोहोरा निर्वाचित भएका छन् । उनिहरुले क्रमशः २८८ र २४९  मत प्राप्त गरे । सहसचिव पदमै उमेदवारी दिएका कृष्ण सापकोटा र रोजेन्द्र प्रसाद गौडेलले क्रमशः १६५ र १४० मतमा चित्त बुझाए ।

सभापति सहित कार्यसमितिमा सबैजसो बद्री प्यानलनै विजयी भएको छ । सभापतिमा विजयी भएका सापकोटा कांग्रेस महामन्त्री डा. शसांक कोईराला निकटका मानिन्छन भने सभापति पदका प्रत्यासी खेमराज सापकोटा नेता महेन्द्रध्वज जिसी निकट मानिन्छन्।

पार्टिलाई बलियो बनाउछु :  नगरसभापति सापकोटा
नेपाली कांग्रेस गैँडाकोटका नवनिर्वाचित सभापति बद्री सापकोटाले पार्टीलाई बलियो बनाउनुु नै आफ्नो मुख्य लक्ष्य रहने बताएका  छन् ।
पार्टिसंगठनलाई बलियो बनाउनु मेरो प्रमुख लक्ष्य हो सापकोटाले भने : नगरका हरेक वडाहरुमा पार्टिलाई थप कृयाशिल र चलायमान बनाउने संकल्प लिन चाहन्छु ।
अग्रजहरुलाई सम्मान गर्दै उहाँहरुको सीप अनुुभव र विचारलाई समेटेर अगाडि बढ्ने उनले बताए । उज्यालो खबरलाई पहिलो प्रतिकृया दिदै सभापति सापकोटाले निर्वाचनका क्रममा आफुलाई मतदिने सबै प्रतिनिधिहरुलाई धन्यवाद दिदैँ सो मतको उच्च सम्मान गर्ने बताए ।

तपाईको प्रतिक्रिया