×

नवलपुर विशेष

पार्टि संगठनलाई बलियो बनाउन मेरो उमेदवारी : युवा नेता तेजप्रसाद घिमिरे

पार्टि संगठनलाई बलियो बनाउन मेरो उमेदवारी : युवा नेता तेजप्रसाद घिमिरे
नवलपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नवलपुर क्षेत्र नं. १ बाट क्षेत्रीय सहसचिव पदका उमेदवार तेजप्रसाद घिमिरेले पार्टि संगठनलाई बलियो बनाउनकै लागि आफ्नो उमेदवारी रहेको बताउनु भएको छ । पार्टि भित्र युवाहरुको उपस्थितिलाई थप सकृय बनाउन र विपीले परिकल्पना गरेको राष्ट निर्माण गर्नका निमित्त समेत आफ्नो उमेदवारी रहेको उहाँले बताउनु भयो । क्षेत्र नं. १ का ५२ वटै वडाका झण्डै १२०० प्रतिनिधिहरु माझ आफु भिजेको भन्दै युवा नेता घिमिरेले सबैको साथ र सहयोगले आफुले क्षेत्रीय सहसचिव प...

नारायणगढ-बुटवल सडकखण्डः राजमार्गमा परेका खाल्डाखुल्डी पुर्न कालोपत्रे गर्न सुरु

नारायणगढ-बुटवल सडकखण्डः राजमार्गमा परेका खाल्डाखुल्डी पुर्न कालोपत्रे गर्न सुरु
नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुर खण्डमा जीर्ण बनेको राजमार्ग मर्मत गर्न थालिएको छ । राजमार्गमा परेका खाल्डाखुल्डीमा कालोपत्र गरेर मर्मत गर्न थालिएको हो । यसअघि राजमार्गमा परेका खाडलमा ग्राभेल गरेर पुर्ने गरिएकोमा अहिले कालोपत्र गरेर मर्मत थालिएको हो । नारायणगढ–बुटवल सडक खण्ड विस्तार सुरु भएयता झन्डै दुई वर्षदेखि राजमार्ग मर्मत गरिएको थिएन । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीले मर्मत नगर्ने र सडक विभागले ठेक्का लागि सकेको सडक भनेर बेवास्ता गर्दा...

युवा नेता खनाल भन्छन : गैँडाकोट कांग्रेसलाई बलियो बनाउन सचिव पदमा मेरो उमेदवारी

युवा नेता खनाल भन्छन : गैँडाकोट कांग्रेसलाई बलियो बनाउन सचिव पदमा मेरो उमेदवारी
गैँडाकोट । नेपाली कांग्रेस गैँडाकोटका युवा नेता कृष्ण मुरारी खनालले १४ औं महाधिवेशनमा नगर सचिव पदमा उमेदवारी दिने घोषणा गर्दै प्रचार अभियानलाई तिव्र बनाउनु भएको छ ।गैँडाकोट नगरपालिका वडा नं. ११ का खनालले युवा तथा अग्रजहरुको ईच्छा र आकांक्षालाई पुरा गर्न तथा समकालिन साथीहरुलाई गोलवन्द गर्दै कांग्रेसलाई मजभुत बनाउन आफुले सचिव पदमा उमेदवारी दिने बताउनु भयो । राजनितिमा आईरेहका नयाँ पुस्तालाई कांग्रेसप्रति जिम्मेबार बनाउँदै पार्टिलाई चुस्त र दुरुस्त राख्न आफुले सचिव पदमा उमेदवा...

नवलपुरमा ३८ हजार डोज भेरोसेल खोप आउँदै

नवलपुरमा ३८ हजार डोज भेरोसेल खोप आउँदै
नवलपुर । नवलपरासी(पूर्व)मा थप ३८ हजार डोज भेरोसेल खोप आउने भएको छ । स्वास्थ्य कार्यालय स्रोतले दिएको जानकारी अनुसार आज साँझ या भोलि विहान सम्ममा ३८ हजार डोज खोप नवलपुर आउन लागेको हो । ३८ हजार डोज खोप मध्ये १५ हजार डोज जिल्लाका सवै स्थानीय तहहरुलाई जनसंख्याको आधारमा पहिलो मात्रा स्वरुप पठाईने स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसैगरी बाँकी १५ हजार डोज दोस्रो मात्रा स्वरुप राखिने छ । ३८ हजार डोज मध्ये १० हजार डोज विगतमा भेरोसेल खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्राको प्रत...

गैँडाकोटबाट लागुऔषध सहित तीनजना पक्राउ

गैँडाकोटबाट लागुऔषध सहित तीनजना पक्राउ
गोविन्द घिमिरे गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोटमा लागुऔषध सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । गैँडाकोट नगरपालिका वडा नं. २ नारायणी पुल नजिकैबाट उनिहरुलाई पक्राउ गरिएको प्रहरी स्रोतले उज्यालो खबरलाई जानकारी दियो । पुर्वबाट पश्चिम तर्फ जान आउँदै गरेको बाग्मती प्रदेश ०३-००१-च १२८३ नम्बरको टाटा पिकअप भ्यानमा लागु औषध ल्याउदै गरेका तीनजना पक्राउ परेका हुन । पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका वडा नं. ११ का प्रकाश कार्की, भरतपुर महानगरपालिका वडा नं. ९ का २२ ...

कसले मार्ला गैँडाकाेट कांग्रेस सभापतिकाे बाजी ?

कसले मार्ला गैँडाकाेट कांग्रेस सभापतिकाे बाजी ?
गैँडाकोट । चौधौं महाधिवेशनका अन्तर्गत नेपाली कांग्रेस गैँडाकोटको सभापतिका लागि मुख्यतः तीनजना विच प्रतिष्पर्धा हुने देखिएको छ । नेपाली काग्रेसका युवा नेता बद्री सापकोटा, खेमराज सापकोटा र खगराज सापकोटा विच खास प्रतिष्पर्धा हुने देखिएको हो । अर्का युवा नेता दाताराम घिमिरेले पनि सभापति पदमा उमेदवारी दिने बताएपनि हालसम्म खुलेर प्रचार गरेको पाइएको छैन । घिमिरे बाहेकका अन्य तीनजना बद्री सापकोटा, खेमराज सापकोटा र खगराज सापकोटाले आफुुलेनै सभापतिको बाजी मार्ने बताएका छन् । सभापति प...

अनेमसंघ (क्रान्तिकारी) ले बुझायो गैँडाकाेट नगरप्रमुख र उपप्रमुखलाई ज्ञापनपत्र

अनेमसंघ (क्रान्तिकारी) ले बुझायो गैँडाकाेट नगरप्रमुख र उपप्रमुखलाई ज्ञापनपत्र
गैंडाकोट । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)गैंडाकोट नगर समितिले नगरप्रमुख छत्रराज पौडेल र उपप्रमुख विष्णु कुमारी कडेललाई ज्ञापन पत्र बुझाएको छ । नेपालको संविधानमा उल्लेख भएका महिलाहरुका विभिन्न अधिकारहरु व्यवहारमा लागु नभएको भन्दै संविधानमा भएका अधिकारहरु कार्यान्वयन गरियोस भनि उनिहरुले गैडाकोट नगरपालिकाका नगर प्रमुख पौडेल र उपप्रमुख कडेललाई ज्ञापन पत्र बुझाएका हुन । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गैंडाकोट नगर समिति सचिव प्रतिभा बस्ताकोटी...

धनलक्ष्मीको ४ वर्षे रणनीतिक तथा व्यावसायिक योजना तर्जुमा गोष्ठी सम्पन्न

धनलक्ष्मीको ४ वर्षे रणनीतिक तथा व्यावसायिक योजना तर्जुमा गोष्ठी सम्पन्न
नवलपुर । धनलक्ष्मी बचत तथा ऋण सहकारीको ४ वर्षीय रणनीतिक तथा व्यावसायिक योजना तर्जुमा गोष्ठी गैंडाकोटको रेड हाउस रिसोर्टमा आइतबार समापन गरिएको छ। दुई दिन सम्म चलेको सो कार्यक्रममा सहकारीकर्मी हरिलाल सापकोटा र गोविन्द रिमालले प्रशिक्षण दिनुभएको थियो । संस्थाका सन्चालक, लेखा तथा सुपरिवेक्षण समितिका पदाधिकारी, उपसमिति र कर्मचारीहरू गरि १५जनाको सहभागिता रहेको कार्यक्रमले आगामी ४ वर्षमा ५१०० शेयर सदस्य पुर्याई १० करोड शेयर पुँजी पुर्‍याउने लक्ष्य लिएको छ । समापन कार्यक्रममा ब...

गैँडाकोटकी सामाजिक अभियान्ता भट्टराईलाई जनसेवाश्री पदक

गैँडाकोटकी सामाजिक अभियान्ता भट्टराईलाई जनसेवाश्री पदक
नवलपुर । नवलपुरकी सामाजिक अभियान्ता लक्ष्मी भट्टराईलाई सरकारले जनसेवाश्री पदकबाट सम्मान गरिने भएकाे छ ।  लामो समयदेखि सामाजिक क्षेत्रमा कृयाशिल रहेकी भट्टराई नवलपुरका विभिन्न संघसंस्थामा आवद्ध हुनुहुन्छ । भट्टराईकै अग्रसरतमा एकल महिलाहरुले चलाएको रातो अभियानले राष्ट्रिय स्तरमै चर्चा कमाएको थियो । उहाँ नारी कल्याण एकल महिला पैरवी नवलुरको अध्यक्ष समेत हुनुहुन्छ ।नेपाल सरकारले जनसेवाश्री पदकबाट सम्मान गर्ने निर्णय गरेपछि उज्यालो खबरसँग प्रतिकृया दिदै उहाँले आगामी दिनमा अझै सक...