गैंडाकोट । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)गैंडाकोट नगर समितिले नगरप्रमुख छत्रराज पौडेल र उपप्रमुख विष्णु कुमारी कडेललाई ज्ञापन पत्र बुझाएको छ । नेपालको संविधानमा उल्लेख भएका महिलाहरुका विभिन्न अधिकारहरु व्यवहारमा लागु नभएको भन्दै संविधानमा भएका अधिकारहरु कार्यान्वयन गरियोस भनि उनिहरुले गैडाकोट नगरपालिकाका नगर प्रमुख पौडेल र उपप्रमुख कडेललाई ज्ञापन पत्र बुझाएका हुन ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गैंडाकोट नगर समिति सचिव प्रतिभा बस्ताकोटी र नगर समितिका अध्यक्ष अम्बिका सापकोटा कडेल सहितको टोलीले सोमबार नगरप्रमुख र उपप्रमुखलाई उहाँहरुको कार्यकक्षमा पुगेर ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझेपछि नगरप्रमुख पौडेलले छोटो प्रतिक्रिया दिँदै पत्रमा उल्लेखित कतिपय मागहरु पुरा भैसकेको र कतिपय पुरा नभएका मागहरु आगामी दिनहरुमा पुरा गरिने आश्वासन खिनुभयो । सो अवसरमा अनेमसं क्रान्तिकारीको नगर समितिका अन्य पलाधिकारीहरु सहित नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष युवराज रिमालको समेत सहभागिता रहेको थियो  ।

तपाईको प्रतिक्रिया